शुक्र, कार्तिक ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कतारमाथि नेपालले रोमाञ्चक जित निकाल्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कतारमाथि नेपालले रोमाञ्चक जित निकाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौंं। सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा हारको नजिक पुगेको नेपालले अन्तिम ओभरमा नतिजा उल्टाएको हो ।

जितका लागि एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा सवै विकेट गुमाएर एक सय ४२ रनमा समेटिएको थियो ।

कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाउनुभयो । यस्तै जुबेर अलीले ५२ रन बनाउँदा अन्य ब्याट्सम्याच चल्न सकेनन् ।

कतारको ब्याटिङ कमजोर बनाउन बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले ३.५ ओभरमा १८ रन खर्चिएर पाँच विकेट लिनुभएको हो ।

यससँगै सन्दीपको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या दुई सय ५४ पुगेको छ। सन्दीप प्लेयर अफ द म्याच बन्नुभयो । यस्तै नन्दन यादवले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितले ४१ बलमा ५८ रन बनाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ र गुल्शन झाले आठ बलमा १६ रन बनाउनुभयो । अन्य खेलाडीको ब्याटिङ सन्तोषजनक रहेन ।

बलिङमा कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले तीन तीन विकेट लिनुभयो । मुहम्मद असिमले एक विकेट झार्नुभयो ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार युएईलाई एक रनले हराएको थियो । जितसँगै सुपर सिक्समा ६ अङ्क बनाएको नेपाल विश्वकप छनोट नजिक पुगेको छ ।

ओमानको पनि समान ६ अङ्क छ । नेपालले बुधबार सुपर सिक्सको शीर्ष टोली ओमानसँग खेल्नेछ । ओमानलाई हराएमा नेपालले विश्वकपमा सथान बनाउनेछ ।

त्यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

नेपाल प्रिमियर लिगको टिकट दर तय

६ घण्टा अगाडि
एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक