तेलअभिभ । हमास समूहबाट मुक्त गरिएका बन्धकहरू इजरायली सेनाको नियन्त्रणमा पुगेका छन् । मुक्त भएका बन्धकका पहिलो तस्वीरहरू सार्वजनिक भएका छन्।
हमासको नियन्त्रणबाट मुक्त भएका बन्धक गाइ गिल्बोआ–दलाल गाजामा एक इजरायली अधिकारीसँग भेट गरिरहेका देखिएका छन् ।
अर्को तस्वीरमा दाजुभाइ गाली र जिभ बर्मानले गाजामा एकअर्कालाई अँगालो मारिरहेका देखिन्छन्।
सोमबार हमासको नियन्त्रणबाट मुक्त गरिएका जुम्ल्याहा दाजुभाइ जिभ (बायाँ) र गाली बर्मान गाजामा अँगालो मारिरहेका देखिन्छन्। उनीहरू बन्धक रहँदा अलग–अलग ठाउँमा राखिएका थिए।



