शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री सुशीला कार्कीको जेनजीहरुको भविष्यको नयाँ नेपाल निर्माण

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री सुशीला कार्कीको जेनजीहरुको भविष्यको नयाँ नेपाल निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

 जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न पनि अपिल गरेकी छिन् ।

‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’

उनले आफू नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको र प्रतिबद्ध पनि रहेको जनाएकी छिन् ।

‘हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौं । र नयाँ मार्गमा अघि बढिरहेका छौं । यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

प्रधानमन्त्रीको सम्बोधन-

आदरणीय दिदीबहिनी, दाजुभाई ।

नेपालका जेनजी युवाहरूले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको छ । यस आन्दोलनका क्रममा धेरै युवा शहीद हुनुभएको छ । सयौं युवा घाइते हुनुभएको छ । म सबैलाई सम्झन चाहन्छु । यो घटना अत्यन्त पीडादायी क्षणको रुपमा सधैंभर रहनेछ । युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मुलन भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ । एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्क्रट प्रेम । उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न सकेनन् । उनीहरूको माग सुन्न सकेनन् । यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौं । र नयाँ मार्गमा अघि बढिरहेका छौं । यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ । यसका लागि हामी सबै युवा सचेत हुन जरुरी छ भने राजनीतिक दलहरूले आफूलाई सुधार गर्न पनि जरुरी छ ।

हामीले पीडित परिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम अघि ल्याएका छौं । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौं । भ्रष्टाचार, बेराजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न हामी राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं ।

भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु । यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।

मलाई आशा छ, यो वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकार दुवैले युवाहरूको सपना साकार पार्न, समृद्ध नेपाल बनाउन ठोस कदम चाल्नेछन् । अन्तिममा दोहोर्‍याउन चाहन्छु, हामी शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्मको प्रयास गर्नेछौं । मलाई आशा छ, संकटको यो घडीमा हामी सबै एक भएर अघि बढ्नेछौं ।

यो पनि पढ्नुहोस्

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

९ घण्टा अगाडि
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक