सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायल र हमासबिच चलेको युद्ध अन्त्य हुँदै

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
इजरायल र हमासबिच चलेको युद्ध अन्त्य हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य हुन लागेको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजाको युद्ध अन्त्यतर्फको ‘पहिलो चरण’ को सम्झौतामा सहमति भएको घोषणा गर्नु भएको छ । उहाँले आफ्नो २० बुँदे शान्ति योजना अन्तर्गत इजिप्टमा भएको वार्तापछि घोषणा गर्दै भन्नुभयो, “म विश्वस्त छु, सबै बन्धक सोमबारसम्म फिर्ता हुने छन् ।” विश्व नेताहरूले बिहीबार शान्तिको नयाँ आशा व्यक्त गर्दै दुवै पक्षलाई प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । यो सम्झौतालाई गाजामा दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फको ठुलो कूटनीतिक उपलब्धि मानिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

ट्रम्पका अनुसार हमासले आगामी दिनमा सबै २० जना जीवित इजरायली बन्धकलाई मुक्त गर्ने छ, जसको सट्टामा प्यालेस्टिनी कैदी रिहा गरिने छन् । साथै इजरायली सेना गाजाको अधिकांश भागबाट फिर्ता हुन सुरु गर्ने छ ।

“यसको अर्थ के हो भने सबै बन्धक चाँडै आफ्ना घर फर्किने छन् र इजरायलले बलियो, दीर्घकालीन र चिरस्थायी शान्तिको दिशामा पहिलो कदमका रूपमा सहमत रेखासम्म आफ्नो सेना फिर्ता लिनेछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भन्नुभयो, “भगवान्को कृपाले हामी सबैलाई घर ल्याउने छौँ ।” संयुक्त राष्ट्रसङ्घका महासचिव  एन्टोनियो गुटेर्रेसले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले सम्झौताको पूर्ण कार्यान्वयनलाई समर्थन गर्ने छ र गाजामा दिगो मानवीय राहत, पुनर्निर्माण र पुनस्र्थापनाका प्रयासलाई तीव्र पार्ने छ ।”

“यो अवसरले कब्जाको अन्त्यतर्फ विश्वसनीय राजनीतिक मार्ग निर्माण गर्न, प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न र इजरायली तथा प्यालेस्टिनी दुवै जनतालाई शान्ति र सुरक्षामा जीवन यापन गर्न सक्षम बनाउने दुई–राज्य समाधानको दिशामा अघि बढ्न सहयोग पु¥याउने छ,” उहाँले भन्नुभयो ।

जापानका मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले पत्रकारहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “जापानले सहभागी पक्षहरूबिच ‘पहिलो चरण’ मा सहमति भएकोमा स्वागत गर्दछ । यो सम्झौता द्वन्द्व शमन र दुई–राज्य समाधानतर्फको महत्वपूर्ण कदम हो ।” क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिज, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सलगायतले युद्धविराम गर्ने सहमतिको स्वागत गर्नुभएको छ ।

गाजाका विस्थापित नागरिक समीर जुदेहले भन्नुभयो, “दुई वर्षसम्म हामी निरन्तर बम, आतङ्क, विनाश र मृत्युको डरमा बाँच्यौँ । आज जब यो खबर सुनेँ, खुसीका आँसु रोक्न सकिनँ । अब हामीलाई अन्ततः शान्तिको सास फेर्ने मौका मिलेको अनुभूति भइरहेको छ ।”

हमास स्रोतका अनुसार इजरायलमा आजीवन कारावास सजाय पाएका २५० जना र एक हजार सात सय अन्य प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरी एक हजार २१९ नागरिकको हत्या गरेपछि इजरायल प्रत्याक्रमणमा उत्रिएसँगै युद्धले चरम विनाशकारी रूप लिएको हो । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने नेपाली विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएर लगेका थिए ।

हमासले २५१ जनालाई गाजामा बन्धक बनाइएकोमा ४७ जना अझै बाँकी छन् । इजरायली सेनाका अनुसार तीमध्ये २५ जनाको मृत्यु भइसकेको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य आक्रमणमा कम्तीमा ६७ हजार १८३ प्यालेस्टिनीको मृत्यु भएको छ । मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको जनाइएको छ । यो युद्धमा एक लाखभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । इजरायलमा पाँच हजारभन्दा बढी नेपाली कार्यरत छन् ।

इजरायलमा मारिएका १० नेपाली विद्यार्थी

हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिनेमा घोडाघोडी–४, कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६, बझाङका गणेशकुमार नेपाली, बौनियाँ–३, कैलालीका आशिष चौधरी, लेकम–५, दार्चुलाका दीपेशराज बिष्ट, पचनाली–३, डोटीका राजन फुलारा हुनुहुन्छ ।

यस्तै लामिखाल–८, डोटीका पदम थापा, शारदा–३, सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकारको पनि सोही आक्रमणमा ज्यान गएको थियो । भीमदत्त–३, कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेकोमा उहाँको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

नेपालभाषा स्नातक तहमा समयमै भर्ना हुन अनुराेध

३१ मिनेट अगाडि
आज हरितालिका तीज

अटल सौभाग्यको कामना गरी मनाइँदै हरितालिका तीज 

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक