सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र’ भनेर सम्मान

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
‘आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र’ भनेर सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इजरायल । इजरायलको संसद (नेसेट) का अध्यक्ष अमिर ओहानाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेसेटमा सम्बोधन गर्न औपचारिकरूपमा आमन्त्रित गर्दै उहाँलाई ‘आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र र सहयोगी’को उपाधि दिनुभएको छ ।

ओहानाले बिहीबार साझा गर्नु भएको पत्रमा ट्रम्पको नेतृत्व र दृष्टिकोणको प्रशंसा गर्दै अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका सबै इजरायली बन्धकको रिहाइ सुनिश्चित गर्ने सम्झौतामा मात्र नभई, मध्यपूर्वका अधिकांश राष्ट्रले स्वीकार गरेको अभूतपूर्व क्षेत्रीय समझदारीमा पनि ट्रम्पको भूमिकाले निर्णायक मोड ल्याएको उल्लेख गर्नु भएको छ ।

उहाँले पत्रमा लेख्नुभएको छ, “इजरायलका जनताले राष्ट्रपति ट्रम्पलाई आधुनिक इतिहासमा यहुदी राष्ट्रका सबैभन्दा ठूला मित्र र सहयोगीका रूपमा हेर्छन् । त्यसैले, नेसेट अगाडि राष्ट्रलाई सम्बोधन गर्न उहाँलाई आमन्त्रित गर्नु मेरो गहिरो सम्मान र सौभाग्य हो ।” पत्रमा थप भनिएको छ, “यदि राष्ट्रपति ट्रम्पले यो निमन्त्रण स्वीकार गर्नुभयो भने उहाँको भाषण सन् २००८ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसको भ्रमणपछि नेसेटमा बोल्ने पहिलो अमेरिकी राष्ट्रपतिको हुने छ । यो अवसर इजरायल राज्य र संयुक्त राज्य अमेरिकाचिको अटुट मित्रता र साझा मूल्यको गहिरो प्रतीक हुने छ । इजरायल ‘शान्तिका राष्ट्रपति’ को प्रतीक्षामा छ ।”

ओहानाले ट्रम्पको इजरायलप्रतिको स्थायी समर्थनका लागि विभिन्न ऐतिहासिक कदमको पनि प्रशंसा गर्नु भएको छ । उहाँले लेख्नुभएको छ, “जेरुसेलमलाई हाम्रो अनन्त राजधानीका रूपमा मान्यता दिनु र त्यहाँ अमेरिकी दूतावास सार्नु, गोलान हाइट्समाथि हाम्रो सार्वभौमिकता स्वीकार गर्नु, ऐतिहासिक अब्राहम सम्झौता निर्माण गर्नु र इरानका आणविक केन्द्रमा रोक लगाउनु-यी सबै कदमले ट्रम्पको नेतृत्वमा अमेरिका केवल सैन्य शक्तिमा मात्र होइन, नैतिक शक्तिमा पनि अग्रणी रहेको प्रमाणित गरेको छ । शान्ति सधैँ बलबाट आउँछ भन्ने सत्य उहाँले देखाउनु भएको छ ।”

ओहानाले पत्रमा लेख्नुभएको छ, “यो विजय बहादुर इजरायली सैनिकको बलिदान, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अडान र राष्ट्रपति ट्रम्पले जीवनभर बनाएको घनिष्ठ साझेदारी बिना सम्भव हुने थिएन ।” यसैीब्च, अमेरिकी मध्यस्थतामा भएको गाजा युद्धविराम सम्झौताका पहिलो चरणका सर्त कार्यान्वयनमा आइसकेको इजरायली सरकारी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

जेरुसेलममा भएको सरकारी बैठकमा राष्ट्रपति ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकफ र उहाँका ज्वाइँ जारेड कुसनर पनि उपस्थित हुनुहुन्थ्यो । सो बैठकमा सरकारले युद्धविराम सम्झौतामाथि मतदान गरी त्यसलाई स्वीकृति दिएको थियो । इजरायलले ट्रम्पको सक्रिय मध्यस्थता र शान्ति प्रक्रियामा निभाएको भूमिकालाई ‘ऐतिहासिक’ भनेको छ र उहाँको भ्रमणले दुई देशको रणनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । एएनआई

यो पनि पढ्नुहोस्

अमेरिकामा ४० दिनदेखि जारी संघीय सटडाउन अन्त्य हुने संकेत

अमेरिकामा ४० दिनदेखि जारी संघीय सटडाउन अन्त्य हुने संकेत

३ घण्टा अगाडि
दिल्लीमा मास्क लगाएर प्रदर्शन

दिल्लीमा मास्क लगाएर प्रदर्शन

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक