बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज हुने

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई  भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ ।

चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । ‘हिजो विभिन्न कारणले तयारी पुगेन भनेर उडान स्थगित भयो, आज दिउँसो हुन्छ भन्ने छ’ तिवारीले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आज दिउँसो १ बजे विमान काठमाडौंबाट भैरहवा आइपुग्ने र २:४५ बजे काठमाडौं प्रस्थान गर्ने गरी तयारी भएको बताए ।

यात्रुलाई विमानस्थलको काउन्टरबाट टिकट काट्न सिस्टमका कारण समस्या भए पनि प्रशासनले नाम संकलन गरेर त्यसैका आधारमा भएपनि आज दिउँसो पठाउने प्रजिअ पाण्डेले बताए ।

हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा निगमको १५८ सिट क्षमताको जहाजमार्फत यात्रुहरुलाई आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने तयारी गरिएको थियो ।

सोही अनुरुप नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणसँग आइतबार साँझ ७:१५ देखि ९:४५ बजेसम्म काठमाडौं–भैरहवा र भैरहवा–काठमाडौंसम्मको उडानका लागि ए ३०२ को अनुमति लिएर यात्रुहरुको नाम संकलन समेत गरेको थियो ।

नेपाल वायुसेवा निगमले पनि सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय गरेको जानकारी गराएको छ । प्रजिअ पाण्डेका अनुसार उपचारका लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु तथा पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइने छ ।

यो पनि पढ्नुहोस्

युक्रेनका सेना प्रमुख  पदबाट बर्खास्ती

युक्रेनका सेना प्रमुख पदबाट बर्खास्ती

८ मिनेट अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

अवैध लागूऔषध सहित चार जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक