मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा दिए शुभकामना

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
राष्ट्र भनेको भुगोल मात्र होइन, जनताको साझा थलो होः पूर्वराजा शाह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन्।

शरद ऋतुको प्रारम्भसँगै आएको यस पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन्।

उनको सन्देशमा पूर्वजहरूको त्याग र बलिदानबाट प्राप्त नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुता नै राष्ट्रको अस्तित्व र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको कुरा स्मरण गराइएको छ।

पूर्वराजा शाहले नेपालले कुनै पनि परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले देशको राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्धमा जन मनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय देश र जनताको हितका खातिर गहिरो चिन्ता व्यक्त गर्दै उनले विगतमा ‘बिगार्ने, भत्काउने, जलाउने’ तिर धेरै काम भएको भन्दै अब ‘बिगार्ने होइन, सपार्ने’ तिर आफ्ना कार्यक्रमहरू अघि बढ्नुपर्ने आह्वान गरेका छन्।

शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले युवा पुस्तालाई राष्ट्रका भविष्यका आधारस्तम्भको रूपमा चित्रण गरेका छन्। युवाहरूमा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने कुरामा उनले विश्वास व्यक्त गरेका छन्। यद्यपि, सन्देशको अन्त्यमा उनले ‘राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा’ रहेकोले यस वर्ष दशैँ पर्व पारिवारिक र सांस्कृतिक रूपमा मात्रै मनाउनुपर्ने बाध्यता रहेको जानकारी दिएका छन्।

विगतका वर्षहरूमा जस्तो उनीबाट वृहत् रूपमा सर्वसाधारणलाई टीका जमरा प्रदान गर्ने कार्यक्रम यस पटकलाई स्थगन गरिएको घोषणा गरिएको छ।

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१४ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक