सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपराष्ट्रपति यादवसँग रुसीराजदूत नोभिकोभले गरे बिदाइ भेट

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
उपराष्ट्रपति यादवसँग रुसीराजदूत नोभिकोभले गरे बिदाइ भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गरेका छन् ।

शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गरेको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।

सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गरे ।

उनले राजदूत नोभिकोभको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै दुई देशबीचकोसम्बन्ध सुदृढ बनाउन पुर्‍याएको योगदानको प्रशंसा गरे।

‘आफ्नो कार्यकालको दौरान नेपाल र रुसी महासङ्घकाबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन योगदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उपराष्ट्रपति यादवले भने ।

नेपालले रूससँगको साझेदारीलाई विशेष महत्त्व दिँदै आएको र पूर्वाधार तथा मानव संशाधन विकासमा रूसको दीर्घकालीन सहयोग सराहनीय रहेको उपराष्ट्रपति यादवको धारणा थियो ।

 उपराष्ट्रपति यादवले महामहिम राजदूत नोभिकोभलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल–रुस सम्बन्धमा सद्भाव कायम रहने विश्वास व्यक्त गरे ।
राजदूत नोभिकोभले नेपाल र रुसबीच ‘मनी ट्रान्जेक्सन’ विषय अगाडि बढाइएको उल्लेख गर्दै दुई मुलुकबीच सिधा हवाई उडान सुचारु गर्ने तयारी भइरहेको जनाए ।

उनले रुसमा नेपाली विद्यार्थीका लागि विभिन्न विषयहरूमा छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्नेबारे सकारात्मक पहल भएको उल्लेख गरे ।

राजदूत नोभिकोभले मधेश प्रदेशको वीरगञ्जस्थित चिनी मिल पुनः सञ्चालनमा ल्याउनेबारे ‘नोट’ रुसी सरकारलाई प्रेषित गरिसकेकामा स्वदेश फिर्तीपछि यसबारे थप ताकेता गर्ने जनाए ।

यो पनि पढ्नुहोस्

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

७ घण्टा अगाडि
स्रोत नखुलेको नगद नियन्त्रणमा

स्रोत नखुलेको नगद नियन्त्रणमा

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सुनको मूल्यमा वृद्धि

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

एमाले र नेकपाबीच सहमति

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक