काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुर बस्ने बालाराम भण्डारीको छोरा ३ वर्षीय शिशिर भण्डारीको सोही ठाउँस्थित कुलोले बगाएर सोमबार साँझ मृत्यु भएको छ । कुलोले बगाएर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, हंसपुर नगरपालिका-२ बक्चौडा बस्ने रामनाथ राउतकी छोरी २ वर्षीया अन्सी राउतको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । साथै सुर्खेतकाे रेन्द्रनगर नगरपालिका-१० बेलघारी बस्ने ४८ वर्षीय मोहमद अयुपको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरबाट विद्युतको तार जोडि घर नजिकैको नालामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।
यी घटनाहरूकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


