सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रमले विधान महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रमले विधान महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गराएर विधान महाधिवेशन प्रतिनिधिलाई बालुवाटारस्थित सरकार निवासमा प्रशिक्षण दिएका छन् ।

नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाका अनुसार बुधबार साँझ काठमाडौंबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई प्रशिक्षणका नाममा जम्मा गराएका थिए । यसका संयोजन रामेश्वर फुँयालले गरेका थिए ।
प्रशिक्षणका नाममा ओलीले दिएका अभिव्यक्तिलाई निरौलाले ४८ बुँदामा समेटेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनका अनुसार प्रशिक्षणमा ओलीले अधिकांस समय पूर्व राष्ट्रपति विद्या भण्डारीमाथि आक्रोश पोखेका थिए भने उनले रवि लामिछाने देखि राजेन्द्र लिगंदेनसम्मलाई चुनौती दिएका थिए ।

प्रशिक्षणका क्रममा ओलीले रवि लामिछानेलाई आफूले बनाएका दाबी गरेका थिए भने झापामा अब चुनाव जितेर देखाउन राजेन्द्र लिंगदेनलाई चुनौती दिएका थिए । ओलीले पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको पनि बताएका छन्।
प्रशिक्षणका क्रममा ओलीले केही नेताले भण्डारीको फोटो राखेर धन्दा गरेको भन्दै आक्रोससमेत व्यक्त गरेका छन्। विद्या भण्डारीले आफ्नो पार्टी सदस्यता च्यासलले सदस्यता खायो भन्ने गरे पनि त्यो सत्य नभएको ओलीको धारणा छ।

सदस्यताको लागि विद्याले पार्टीमा निवेदन नै नदिएको दाबी पनि ओलीले गरेका छन्। त्यसैगरि ओलीले विगतमा बामदेव गौतमले पार्टी नफुटाएको भए पार्टीको दुई तिहाइ मत आउने दाबी पनि प्रस्तुत गरेका छन्।

विद्या भण्डारीसँग कुराकानीको लागि आफूले बालुवाटारमा बोलाउँदा नआएको र पछि पार्टी कार्यालयमा कुराकानी हुँदा भण्डारीले तपाईं सक्नुहुन्न मलाई सहयोग गर्नुस् भनेको पनि ओलीले सुनाएका छन्।

विद्याले त्यसो भन्दा आफूले तपाईं पार्टी चलाउने भ्रम नपाल्नुस्, अनुभव छैन भनेर सम्झाएको उनको भनाई छ। उनले विद्यालाई मदन भण्डारीको सेन्टीमेन्टले अब काम नगर्ने भनेर पनि सम्झाएको जनाएका छन्।

अध्यक्ष निरौलाका अनुसार ओलीले पूर्व राष्ट्रपति भएको व्यक्तिले असोभनिय गतिविधि गर्नु नहुने, पार्टीको पक्षमा नबोलेकाहरुलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाइरहेको तर कतिपयले यो नदेखेको, मदन भण्डारी फाउन्डेसनले जबज बचाउन नसक्ने, विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले बाटो बिराएको, उनले अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको जस्ता टिप्पणी पनि गरेका छन्।

विद्यालाई आफूले जति सम्मान अरु कसैले पनि नगरेको तर साथ दिँदा पनि अहिले आफू विद्याबाटै अपमानित हुनु परेको, विद्याबाहेक पार्टीमा आफूलाई चुनौति दिने दम कसैसँग नभएको, विद्याले आफूलाई छाडे सबै मिल्ने पनि ओलीले जनाएका छन्।

विद्यान महाधिवेशनमा एकदिन दस्ताबेज प्रस्तुत हुने, एक दिन छलफल चल्ने र अर्कोदिन समापन हुने पूर्वानुमान पनि ओलीेले लगाएका छन्। विधानमहाधिवेश एकताको महाधिवेश हुने अन्यथा गर्नेलाई हिसाबकिताब गरिने धम्की पनि उनले दिएका छन्।

त्यसैगरि ओलीले पार्टीका साथीहरुको आम चाहनाको आधारमा पार्टीमा ७९ वर्से उमेर हद हटाएको र आफू स्वस्थ रहेको सुनाएका छन्।

यो पनि पढ्नुहोस्

क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

२४ घण्टा अगाडि
प्रधानमन्त्रीसमक्ष उद्योगमन्त्रीले राजीनामा बुझाए

प्रधानमन्त्रीसमक्ष उद्योगमन्त्रीले राजीनामा बुझाए

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक