मकवानपुर । कैलाश गाउँपालिका-७ सुकु भञ्ज्याङबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ८ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीलाई देख्नासाथ बिलौनीबाट सुकु भञ्ज्याङतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले झोला फाली फरार भएपश्चात झोला तलासी गर्दा उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


