शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इतिहासमा आधारित रहेर सभ्यतालाई अगाडि बढाउनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
इतिहासमा आधारित रहेर सभ्यतालाई अगाडि बढाउनुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने जनाएका छन्।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालीलाई विश्वव्यापी रूपमा चिनाउन यस्ता बृहत् प्रतियोगिता महत्त्वपूर्ण हुने भएकाले यसलाई ध्यान दिएर एकताबद्ध रूपमा लाग्नुपर्ने जनाएका हुन्।

“विश्वव्यापी रूपमा चिनाउन लागेको जनशक्तिले छरिएर रहेका प्रतिभालाई उजागर गर्न लागिपरेको छ, यस्ता कार्यक्रममा हुने नयाँ प्रतिभाको विकासले उत्साहित बनाएको छ, यसबाट प्रेरणा लिँदै आगामी सिजन भव्य हुन सकोस्”, सभामुख घिमिरेले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन-२ ले मेचीदेखि महाकालीमात्रै सीमित नरहेर हाम्रो कला र सम्पदाको सृजनशीलतालाई विश्वभर प्रचारप्रसार गरेको बताए। संस्कृति जगेर्नामा सरकार सदैव तत्पर रहेको बताउँदै उनले विश्वभरि फैलिएर रहेका नेपालीलाई एकताबद्ध गराउँदै नेपाली संस्कृति र सभ्यतासँग जोड्न यो प्रयास सराहनीय रहेको धारणा राखे।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालीभाषीको महोत्सव हो भन्दै मित्रराष्ट्रलगायत विभिन्न देशबाट आएका नेपालीभाषीको सहभागिताले प्रतियोगिता संसारभरका नेपाली संस्कृति झल्काउने माध्यम बनेको जनाए।

भुटानका पूर्वमन्त्री लोकनाथ शर्माले यो मञ्च निर्माणले धेरै सम्भावना सृजना गरेको उल्लेख गर्दै फाइलनसम्म भाग लिने सबैलाई शुभकामना दिए। इन्ट्रा फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीले हाम्रो कला र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जनाए।

ग्राण्ड फिनालेमा गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

१ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक