शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

  सही राजनीतिक नेतृत्व आवश्यक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
  सही राजनीतिक नेतृत्व आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

माल्टा । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रूपान्तरणका लागि  सही राजनीतिक नेतृत्व आवश्यक रहेको जनाएका छन्।

एनआरएनए माल्टा तथा  तामाङ समाज माल्टाद्वारा संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले  राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने जनाएका हुन्।

मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए । उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा  गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडी बढ्न नसक्ने निर्क्योलमा आफू  पुगेको जनाए।

“अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर  बत्तीको उज्यालोले मात्रै पुग्दैन,  देशभित्र हरेक सेक्टर उज्यालो हुनुपर्‍यो।   सुशासन कायम गर्न, देशभित्रै  रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्नका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको हो,” घिसिङले भने।  उनले विभिन्न  पार्टी भित्र रहेका, पार्टी बाहिर रहेका, स्वदेश वा विदेशमा रहेका सबै मिलेर नेपालमा राम्रो नेतृत्व जन्माउनु पर्ने जनाए ।
‘अहिलेको लिडरसिप सच्चिनु पर्छ, सच्चिएन भने पार्टी भित्र वा बाहिरबाट पनि लिडरसिप आउनु पर्छ,’ उनले भने। ‘राइट म्यान इन राइट प्लेस एट द राइट टाइम’ नभए सम्म प्रगति हुन नसक्ने उनको जिकिर थियो ।

उनले प्रवासमा बसेर पनि नेपालको रूपान्तरणको लागि मैले के गर्न सक्छु भनेर सोच्न आग्रह गरे।  ‘नेपालमा परिवर्तनका लागि तपाईँको भूमिका महत्त्वपूर्ण छ,” उनले भने।

उनले सर्वोच्च अदालतले विदेशमा कार्यरत नेपालीलाई पनि मतदान गर्न दिन निर्देशन दिइसकेकाले जति सक्दो चाँडो कानुन बनाउनु पर्ने बताए।  ‘यसलाई सकेसम्म चाँडो कार्यान्वयन गर्न जोड दिने छौँ, यसमा यहाँहरू सबैको साथ आवश्यक छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

२७ मिनेट अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक