शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनताको भावना अनुरूप नै मुलुकको विकासकालागि वर्तमान स्थायी सरकार बनेको हो: मन्त्री खड्का

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनताको भावना अनुरूप नै मुलुकको विकासकालागि वर्तमान स्थायी सरकार बनेको हो: मन्त्री खड्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

लहान ।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले स्व. प्रदीप गिरीको योगदानकालागि इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताउनु भएको छ।

सामाजवादी चिन्तक र नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहिबार लहानमा आयोजित स्मृति दिवसमा बोल्नु हुँदै मन्त्री खड्काले सो कुरा बताउनु भएको हो।

स्व. गिरीलाई स्मरण गर्नु हुँदै मन्त्री खड्काले भन्नुभयो, ” स्व. प्रदीप गिरी सबै पार्टीका नेता हुनुहुन्थ्यो, जसले मुलुकको प्रगतिको लागि ठूलो योगदान पुर्याउनुभएको थियो।”

उनले प्रदीप गिरीको दृष्टिकोण र कार्यक्षेत्रलाई स्मरण गर्दै थपे, “विपी कोइरालाको विचारसँग प्रभावित भएर उहाँ स्थापित भएका थिए। वहाँको अभाव आज पनि मुलुकमा खड्कीको रूपमा खडा छ।” मन्त्री खड्काले प्रदीप गिरीको योगदानलाई मुलुकका लागि अमूल्य भन्दै, “नेपाली जनतालाई रैतिबाट जनता बनाउन स्व. प्रदीप गिरीको ठूलो योगदान थियो,” भने।

वर्तमान सरकारको संरचना र उद्देश्यमाथि कुरा गर्दै मन्त्री खड्काले भने, “तथ्यको आधारमा, स्थायी सरकार नबनेसम्म मुलुकको विकास असम्भव छ। जनताको चाहनामा आधारित वर्तमान सरकार गठन गरिएको हो र यो सरकार आगामी निर्वाचनसम्म दुई दलकै बीचमा सञ्चालित हुनेछ।” उनले सरकारको प्राथमिकता जनताको समस्याहरूको समाधानमा केन्द्रित रहेको पनि बताए।

सिंचाई र कृषिमा महत्वपूर्ण कदमहरूका बारेमा मन्तव्य राख्दै, मन्त्री खड्काले मधेश प्रदेशको वडा स्तरीय दाता संकलनको पहल र सिंचाई व्यवस्थापनको लागि सरकारले ठोस कदम उठाइरहेको जानकारी दिए। “हामी पहाडी भेगमा विद्युत उत्पादन गर्न सक्षम छौँ, तर यसको निर्यात र उपभोगका लागि तराईबाट नै मार्ग छ,” मन्त्री खड्काले भने।

कार्यक्रममा प्रमुख अतिथि डा. शशांक कोइराला, विशिष्ट अतिथिहरू गुरु बराल, उर्मिला थपलिया, मधेश प्रदेश पार्टी सभापति कृष्ण यादव, सिरहा जिल्ला सभापति रामचन्द्र यादव लगायतका नेताहरूले स्व. प्रदीप गिरीको योगदान र व्यक्तित्वको बारेमा चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रमको सभापतित्व नेपाली कांग्रेसका लहान नगरसभापति संजय यादवले गर्नु भएको थियो।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

१ घण्टा अगाडि
देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक