काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने भएका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्। उनले दलको नाम केही दिनमा घोषणा गर्ने जानकारी दिए।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गरिरहेका प्रसाईंले राजनीतिक सुधारका लागि दल खोल्न लागेको बताए।
उनले भने, ‘अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौँ।’


