काठमाडौं । नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ कुडिया बस्ने ३८ वर्षीय बिजय हजामको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित बाग्मती खाडसरी चिनी मिल प्रालिमा पाईप लाईनको वेल्डिङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, मेचीनगर नगरपालिका-५ भेटघाट चोक बस्ने २२ वर्षीय संदिप राजवंशीको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरमा टेबल फ्यान मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलावारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बागलुङ, निसीखोला गाउँपालिका-३ बोहोरा गाउँ बस्ने १९ वर्षीया कृष्ण कुमारी चन्दको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । छिमेकीको घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बुर्तिबाङ अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


