काठमाडौं । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले शो को उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा रोबोट पनि प्रदर्शन गरिएको छ । दौरा सुरुवाल लगाएर राखिएको रोवोटले धेरैको ध्यान खिचेको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा शोको मुख्य आकर्षण फ्लाइङ कार को अनावरण गरेका छन् ।


