शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पछिल्ला दशकहरूमा कार्यस्थल र वित्तीय क्षेत्रमा महिला श्रमिकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले यी क्षेत्रमा कार्यरत महिलाहरूले व्यावसायिक र पारिवारिक भूमिकाबीच सन्तुलन कायम गर्नुपर्ने दबाब, लैंगिक असमानता, कार्यबोझ, र यौन दुव्र्यवहारजस्ता समस्याहरूका कारण गम्भीर मानसिक स्वास्थ्य चुनौतीहरू झेलिरहेको पनि टिप्पणी गरेकी छिन् । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवि विभागकी प्रमुखसमेत रहेकी केन्द्रीय सदस्य संग्रौलाले  महिलाहरूले कार्यस्थलमा उच्च तनाव, डिप्रेसन, आन्तरिक अपराधबोध र थकान जस्ता समस्याहरूको सामना गर्नु परेको उल्लेख गरिन् । उनले संस्थाको डेडलाइन र लक्ष्य हासिल गर्ने दबाब, पारिवारिक जिम्मेवारी, र लैंगिक विभेदका कारण तनाव र डिप्रेसन बढ्दो रहेको बताउँदै समाधानका लागि सबैको सामूहिक पहलको आवश्यकतामा जोड दिइन् ।

उनले भनिन् ‘महिलाहरूले कार्यस्थलमा आफ्नो आवाज दबाइएको र मूल्यांकन नभएको महसुस गर्छन्, जसले उनीहरूको आत्मविश्वास र उत्पादकतामा असर गर्छ’ संग्रौलाको भनाई छ ।

अहिले पनि सामाजिक दृष्टिकोणले महिलालाई घरायसी जिम्मेवारीको ‘प्राकृतिक भूमिका’ मा मात्रै सीमित राख्ने मान्यता कायमै रहेको चर्चा गर्दै कार्यस्थलमा लैंगिक पूर्वाग्रह, निर्णय तहमा महिलाको न्यून सहभागिता र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावले यी समस्याहरूलाई थप जटिल बनाएको उल्लेख गरिन् । उनले भनिन् ‘अहिले पनि हाम्रा दिदी वहिनीहरूले डर र लाजका कारण आफ्ना मानसिक समस्याहरू खुलेर व्यक्त गर्न सकिरहनु भएको छैन ।’

संग्रौलाले महिलाहरूको मानसिक स्वास्थ्य सुधारका लागि संस्थागत र सामाजिक स्तरमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कार्यस्थलमा मानसिक स्वास्थ्य नीति र यौन उत्पीडनविरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गर्न आग्रह गरिन् । लचिलो कार्यसमय, मातृत्व बिदा र टेलिवर्कजस्ता सुविधाहरू उपलब्ध गराउनु पर्नेमा जोड दिइन् । यसैगरी प्रत्येक संस्थामा गोप्य मनोपरामर्श सेवा र सहकर्मी सहयोग समूहको व्यवस्था गर्दै। मानव स्रोत विभाग (एचआर)मार्फत महिला मैत्री वातावरणका लागि तालिम र वर्कशप आयोजना गर्नु पर्ने तर्क पनि गरिन् ।

कुनै पनि संघ संस्थाहरुले मानसिक स्वास्थ्यलाई कमजोरी नठान्ने सोच विकास गर्न र नियमित रूपमा मानसिक स्वास्थ्य मूल्यांकन तथा लैंगिक समानतासम्बन्धी तालिम अनिवार्य गर्नु पर्ने मत पनि उनको छ ।

संग्रौलाले सरकार, निजी क्षेत्र, मिडिया र सामाजिक संस्थाहरूको संयुक्त प्रयासले मात्र समस्याको समाधान सम्भव हुने बताउँदै सरकारले महिला मैत्री श्रम नीति निर्माण गर्नुपर्ने, निजी क्षेत्रले समावेशी कार्यसंस्कृति स्थापना गर्नुपर्ने, मिडियाले सकारात्मक महिला भूमिका प्रस्तुत गर्नुपर्ने र सामाजिक संस्थाहरूले मनोपरामर्शको पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कार्यस्थललाई महिला मैत्री, सुरक्षित, र समावेशी बनाउन सक्यौं भने महिलाहरूको मात्र होइन, समग्र संस्थाको उत्पादकता र रचनात्मकता अभिवृद्धि हुन्छ ।’

मानसिक स्वास्थ्य सुधारका लागि नीति, व्यवहार र सामाजिक सोचमा व्यापक परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता प्रयास गर्दा कार्यस्थलमा कार्यरत महिलाहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुका साथै समग्र विकासमा योगदान पुग्ने उनको विश्वास छ ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बारम्बार बजिरहेछ खतराको घण्टी

११ मिनेट अगाडि
भारतको सहयोग : घोषणा मात्रै कि कार्यान्वयन पनि ?

भारतको सहयोग : घोषणा मात्रै कि कार्यान्वयन पनि ?

२९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक