शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरूका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।
आइतबार भौतिक र भर्चुअल रूपमा भएको कार्यक्रममा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले भर्चुअलरुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा मन्त्री भण्डारीले एनआरएनएसँग मिलेर काम गर्न सदैव तयार रहेको बताउँदै एनआरएनए दक्षिण कोरियाले सरकारले गर्नुपर्ने काम गरेकोमा प्रशंसा व्यक्त गरे ।
उनले विदेशमा बसेका नेपालीसँग नेपाल सरकार सदैव आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै यस्ता रचनात्मक र सृजनात्मक काममा सहयोग र सहकार्य हुने पनि प्रस्ट पारे ।
सरकारले विदेशमा रहेका श्रमिकलाई सूचना प्रणालीमा एकरूपता र सहज बनाउनका लागि ‘श्रम संसार एप’ बनाएको र त्यसमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठसहितको टिमसँग सहकार्य गरेर खाडी मुलुकमा एआईमार्फत समस्या समाधान गर्नका लागि पाइलट प्रोजेक्ट चाँडै सुरु हुने बताए ।
 कार्यक्रमका विशिष्ट अतिथि गैर आवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएले गर्नुपर्ने वास्तविक काम दक्षिण कोरियाले सुरुवात गरेको बताउँदै एनआरएनए आइसिसीको तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग रहने स्पष्ट पारे ।
उनले भने ‘हामीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर वान डोर सिस्टमबाट मन्त्रालयले तयार गरेको श्रम संसार पोर्टल लाई प्रयोग गरेर यसलाई विशेष र फराकिलो ढङ्गले काम गर्न लागि रहेका छौँ । यसको परिणाम अबको केही दिनमै तपाईँहरूले देखिहाल्नुहुने छ ।’
फरक प्रसङ्गमा अध्यक्ष श्रेष्ठले एनआरएनए भित्रको विभाजन, अन्यौलता र केही कानुनी कुराहरू अब सम्मानित सर्वोच्च अदालतले चाडै टुङ्गाउने आशा व्यक्त गरे ।
एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता भएको कार्यक्रममा एनआरएनए एकता उच्चस्तरीय समितिका पूर्व सदस्य विनोद कुवर, कोरियास्थित विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल, पत्रकार, विद्यार्थी, श्रमिक लगायत कोरियामा रहेका नेपाली समुदायको उपस्थिति रहेको थियो ।
दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा छ, र उनीहरूले भोग्नु परेका समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, उक्त समस्याहरू केही हदसम्म समाधान र न्यूनीकरण गर्न यो हेल्प डेस्कको सुरुवात गरिएको अध्यक्ष विपिन कुमार गुरुङले बताए ।
हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनीभित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययन र करियरसम्बन्धी परामर्शहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । साथै, अन्य कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने विषयहरूमा पनि डेस्कले आवश्यक सहायता प्रदान गर्नेछ ।
अनौपचारिक रूपमा सुरुवात भएको केही दिन अगाडि बाट नै हेल्प डेस्कमा दुई दर्जन भन्दा बढी श्रमिक विद्यार्थीका विभिन्न समस्या आएको र त्यसको सुनुवाइ र समाधानको लागि निरन्तर प्रयास भएको र केही समस्या समाधान भएको पनि जानकारी गराइएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष जित कुवर सञ्चालन संघका महासचिव अजय सोडारीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

१० मिनेट अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

बारम्बार बजिरहेछ खतराको घण्टी

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक