काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नैतिकता प्रदर्शन गरेर राजीनामा दिए पनि गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको आरोप लगाएकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएकी थिइन्।
प्रतिनिधिसभा बैठकमा उनले भनिन्, ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो। तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन।’
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने माग गरेको छ। यही मागमा रास्वपाले संसद् बहिष्कार गर्दै आएको छ। राप्रपाले पनि निरन्तर यही प्रकरणमा संसद् बहिष्कार गर्दै आएको छ।


