बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रविमाथि कुनै किसिमको विभेद नगरिएको जेलरको दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भैरहवा । रुपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको दाबी गरेको छ । कारगार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको जनाएको छ । पछिल्लो समय विभिन्न सञ्चार माध्याममा आएका समाचारको खण्डन गर्दै कारागार प्रशासनले रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको जनाएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा कारागारमा रहेका अन्य कैदीबन्दी सरह नै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई व्यवहार गरिएको उल्लेख छ ।

प्रशासक भण्डारीले लामिछानेको सुरक्षालाई ध्यानमा राखेर छुट्टै कोठाको व्यवस्था गरिएको बताउनुभयो । उहाँले कारागार प्रशासनले समय/समयमा लामिछानेलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गरेको जानकारी दिनुभयो ।

कारागार प्रशासनका अनुसार रास्वपा सभापति लामिछानेले चाहेको खण्डमा भेट्न खोजेका व्यक्तिलाई भेट गर्न दिनुका साथै सञ्चार उपकरण प्रयोग गर्ने वातावरण मिलाएको छ । कारागार प्रशासक भण्डारीले कारागारभित्र कुनै पनि भिआइपी सुविधा नभएको जनाउँदै लामिछानेलाई कुनै भिआइपी सुविधा नदिइएको जानकारी दिनुभयो ।

सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विगत चार महिनादेखि जिल्ला कारागार कार्यालय भैरहवामा राखिएको छ । लामिछानेलाई कारागार प्रशासनले ‘चार नम्बर ब्लक’ मा राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक