काठमाडाैं । एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकहरूले धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
सोसम्बन्धी सम्झौतापत्रमा बुधबार सम्झौता भएको हो ।यस समझदारीसँगै यस बैंकका ग्राहक र कर्मचारीहरूले धुलखेलमा रहेको हिमालय दृश्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा सो परिमाणको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
हिमालय दृश्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


