सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिमलालाई सफाइ दिएको भन्दै आत्मदाह गर्ने चेतावनी  

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
बिमलालाई सफाइ दिएको भन्दै आत्मदाह गर्ने चेतावनी  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौैं । विष्णुविक्रम थापालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने विमला पाण्डेलाई उन्मुक्ति दिएको पीडित परिवारले बताएका छन् ।
आइतबार संवाद डबलीमा विष्णुविक्रम थापाका बुबा कमल बहादुर थापाले आफ्नो छोरालाई आत्महत्या गर्न बाध्य पार्नेलाई न्यायलयले उन्मुक्ति दिएको बताए । उनले प्रहरीले अनुन्धान नगर्दा आफ्नो छोराले न्याय नपाएको बताए ।

‘मेरो छोराको आत्महत्या होइन, हत्या नै हो, किनभने उसलाई बाध्य बनाइयो । आत्महत्या गर्न बाध्य पार्नेलाई प्रहरीले अनुन्धान नगर्ने र अदालतले त्यसलाई आधार बनाएर उन्मुक्ति दिइयो’ विष्णुविक्रमका बुबा कमल थापाले भने ।

२०७७ चैत्र ११ गते काठमाडौं बौद्धमा महाँकाल ओरालो तेन्जिङचोक जानेबाटो डेरा गरी बसेको कोठामा विष्णुविक्रमको शब पत्नी बिमलाले बिस्तारामा राखेको अवस्थमा आफन्तले भेटाएका थिए । घटनास्थलमा पुग्ने कविता नेपालका अनुसार विष्णुविक्रमको घाँटी र ओटमा निल डाम थियो ।

विष्णु विक्रमकी दिदी यसोधा थापाले आफ्ना भाईलाई हत्या गरेको तर सरकार र न्यायलयले न्याय नदिएको गुनासो गरिन् । उनले भनिन, ‘मेरो भाईको मरेको शब ओछ्यानमा सुताएर राखियो । यदि आत्महत्या हो भने कि झुण्डिएको अवस्थामा शब भेटिएन ? किन पहिला प्रहरीलाई खबर गरिएन ? किन हामीलाई जानकारी दिइएन ?’ उनले आफ्नो भाईले आत्महत्या गर्नुपर्ने अन्य कुनै कारण नभएको समेत दाबी गरिन् ।

यसोधाले आफ्नो भाईको फोन प्रहरीले डेड बर्षसम्म प्रयोग गरेको बताउँदै फोसबुक र इमो अकाण्ट पनि प्रहरीले नै चलाएको प्रमाण पेश सार्वजनिक समेत गरिन् । उनले केटीको मोबाइल, कल डिटेल, सामाजिक संजाललगायत अनुसन्धान नगरेको समेत दाबी गरिन् । उनले बौद्ध प्रहरीमा उजुरी गरेपछि फोन फिर्ता गरेको बताइन् ।
कार्यक्रममा अभियान्ता आरती रावलले प्रहरीले सही तरिकाले अनुसन्धान नगरेकै कारण पीडितले न्याय नपाएको बताइन् । उनले प्रहरी पिडकको संरक्षक भएकै कारणले पीडितले न्याय नपाएको बताइन् । उनले पीडितको न्यायको लागि आफूहरु सर्वोच्च अदालत अगाडि धर्ना बस्नेलगायतका कार्यक्रम गर्ने जानकारी पनि दिइन् । त्यस्तै, अर्की अभियान्ता रेणु पौडेलले पनि अनुसन्धान गर्ने निकाय महुँच र शक्तिबाट प्रभावित हुने गरेकै कारणले पीडितले न्याय नपाएको बताइन् । उनले पिडकलाई हदैसम्मको कारवाही हुनुपर्ने समेत बताइन् ।

जिल्ला र उच्चले आत्महत्या गर्न बाध्य पार्नेलाई सफाइ दिएपछि पीडित परिवारले सर्वोच्च मुद्दा दोहोर्याई पाउँ (दोपा) दर्ता गराएका छन् । यही साउन १६ गते बुबा कमलबहादुरले दर्ता गरेको दोपाको तारेख भदौ २९ गतेलाई राखेको छ ।
यसअघि पीडित परिवारले रमेश बडालले २०८२ असार ३२ गते महान्याधिबक्ता रमेश बडालले दोपा नगर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध पीडित परिवार न्यायको लागि सर्वोच्चको ढोकासम्म पुगेका हुन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत काठमाडौंले २०८० कात्तिक १९ बिमललाई सफाइ दिएको थियो । त्यसपछि पीडित उच्च अदालत पुगेको थियो । उच्चले पनि २०८१ फागुन १३ गते जिल्लाकै आदेश सदर गरेको थियो ।
पत्रकार सम्मेलनमा पीडित परिवार र अभियान्ताले झगडियालाई झिकाएर प्रमाणका आधारमा पीडितलाई न्याय दिन सर्वोच्चसँग आग्रह गरेका छन् ।
विष्णुविक्रम र बिमलाबीच विवाह भएको ५ महिना १० दिनमै उक्त घटना भएको थियो । स्थायी घर मेलम्ची नै भएका विष्णुविक्रम र बिमलाले लभ म्यारिज गरेका थिए । तर, विवाह भएको दुई महिनामै परपुरुषसँग सम्बन्ध रहेको विष्णुविक्रमको मोइबालमा प्रमाण भेटिएको पत्रकार सम्मेलनमा प्रमाण सार्वजनिक गरिएको थियो ।

यो पनि पढ्नुहोस्

नेपाल–भारत सम्बन्धमा नयाँ मोडकाे व्याख्या

१ घण्टा अगाडि
सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक