सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए अध्यक्ष श्रेष्ठको प्रस्टोक्ति  ‘केसी पक्षको महाधिवेशन अवैधानिक’

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए अध्यक्ष श्रेष्ठको प्रस्टोक्ति  ‘केसी पक्षको महाधिवेशन अवैधानिक’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले महाधिवेशन गर्नै नमिल्ने जिकिर गरेका छन् ।
केसी पक्षले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन सकेर आगामी अक्टोबरमा १२ औँ महाधिवेशनको तयारी गरिरहेका बेला श्रेष्ठले संघको विवादका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन समेत रहेकाले त्यसो गरिए सोझै मानहानि हुने बताएका हुन् ।
श्रेष्ठले शुक्रवार सञ्चारकर्मीहरूसँग भने, ‘सर्वोच्च अदालतको परमादेश अनुसार, उच्चस्तरीय समितिको संयोजनमा वैशाखमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा एकता महाधिवेशन सम्पन्न भइसकेको छ। त्यसमा परराष्ट्र मन्त्रालयको समेत मान्यता प्राप्त भइसकेको छ। यस्तो अवस्थामा अर्को महाधिवेशन वैधानिक हुन सक्दैन।’
श्रेष्ठका अनुसार परराष्ट्र मन्त्रालय एनआरएनए महाधिवेशनमा सधैँ संलग्न रहने अभ्यास रहिआएको छ । सोहीअनुसार वैशाखमा सम्पन्न महाधिवेशन पनि सम्पूर्ण प्रक्रिया पुर्‍याएर गरिएको हो। त्यसैले अहिले बद्री केसी पक्षले गर्न लागेको भनिएको महाधिवेशन वैधानिक नहुने र त्यसले संस्थागत मान्यता समेत नपाउने उनले जिकिर गरे ।
उनले अगाडि भने, ‘यदि अदालतले नयाँ फैसला गर्‍यो भने त्यसअनुसार अघि बढ्न सकिन्छ। अथवा हामी सबै बृहत् एकता गरी अर्को महाधिवेशन गर्न सहमत भयौँ भने मात्र अर्को महाधिवेशन सम्भव छ। त्यसबाहेक अब कुनै पनि अधिवेशन वैधानिक हुने छैन।’
श्रेष्ठले सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई पनि एकपक्षीय अधिवेशनमा सहभागी नहुन र त्यसका लागि कुनै सदस्यता शुल्क बापतको सहयोग नगर्न समेत अनुरोध गरे ।
श्रेष्ठले भने, ‘विचाराधीन मुद्दाका बिच एकतर्फी रूपमा अधिवेशनमा भाग लिने वा सदस्यता शुल्कको पैसा पठाउने एनसीसीलाई हामीले संघको मान्यता नदिने स्पष्ट पार्दछौँ।’
यस्तै उनले अवैध रूपमा महाधिवेशन गर्न खोजिए त्यस विरुद्ध अदालत जाने समेत स्पष्ट पारे ।
एनआरएनएको विवादका सन्दर्भमा अदालतमा विचाराधीन रहेका ६ वटा मुद्दामाथि सर्वोच्च अदालतमा साउन २२ गते सुनुवाइ हुने गरी पेसी तोकिएको छ ।  यसअघि बिहीबार उक्त मुद्दा हेर्न नमिल्ने न्यायाधीशको पूर्ण इजलासमा परेको थियो ।
सर्वोच्चका न्यायाधीशहरू हरिप्रसाद फुयाँल, डा मनोजकुमार शर्मा, डा कुमार चुडालको पूर्ण इजलासमा तोकिएको ६ वटा मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि असार १९ को पूर्ण इजलासले सबै मिसिल साथै राख्ने आदेश दिएको थियो ।

यो पनि पढ्नुहोस्

चर्चित गायक सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

७ मिनेट अगाडि
श्रद्धाञ्जली कार्यक्रममा राजेन्द्र विमलको साहित्य, भाषा र मधेसी चेतनामाथि चर्चा

श्रद्धाञ्जली कार्यक्रममा राजेन्द्र विमलको साहित्य, भाषा र मधेसी चेतनामाथि चर्चा

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक