सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्रद्धाञ्जली कार्यक्रममा राजेन्द्र विमलको साहित्य, भाषा र मधेसी चेतनामाथि चर्चा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
श्रद्धाञ्जली कार्यक्रममा राजेन्द्र विमलको साहित्य, भाषा र मधेसी चेतनामाथि चर्चा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

३७ मिनेट अगाडि
सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

१ घण्टा अगाडि
काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलनबाट सयौं शहीदको बलिदानमार्फत प्राप्त उपलब्धि धर्मको राजनीतिका कारण धरापमा पर्न सक्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंको आलोकनगरस्थित इम्पेरियल होटलमा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृंखलाअन्तर्गत साहित्यकार डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सिके लालले पछिल्लो समय बढ्दै गएको सामाजिक तथा राजनीतिक ध्रुवीकरणप्रति चिन्ता व्यक्त गरे।

उनले डा. विमल आज जीवित भएको भए साहित्यका माध्यमबाट समाजमा फैलिएको द्वन्द्व र असहिष्णुतालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। “राजेन्द्र विमल आज जीवित भएको भए फैलिरहेको द्वन्द्वको आगोमा साहित्यको माध्यमबाट पानी हाल्ने काम गर्नुहुन्थ्यो,” उनले भने।

कार्यक्रममा सहभागी वक्ताहरूले डा. विमलले साहित्य, भाषा तथा मधेशी चेतनाको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनका सिर्जनाको संरक्षण र प्रकाशनमा जोड दिए।

साहित्यकार धिरेन्द्र परमार्शीले डा. विमलका महत्वपूर्ण लेख तथा रचनाहरू अझै प्रकाशन हुन बाँकी रहेको जानकारी दिए। गोरखापत्रका पूर्वसम्पादक तथा महाप्रबन्धक सीताराम अग्रहरीले डा. विमललाई मैथिली भाषाका सशक्त स्रष्टाका रूपमा स्मरण गर्दै उनको साहित्यिक योगदानलाई रवीन्द्रनाथ टैगोरसँग तुलना गर्न सकिने धारणा राखे।

पूर्वसंविधानसभा सदस्य विमल केडियाले डा. राजेन्द्र विमलको सम्मानमा हुलाक टिकट प्रकाशन गर्न पहल गर्नुपर्ने बताए।

शहीद संजय चौधरी प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानकी रूपा झा, कृष्णराज सर्वहारी, मधेशी आयोगका पूर्वअध्यक्ष विजय दत्त, पूर्वप्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, पूर्वप्रहरी निरीक्षक रामेश्वर यादव, अधिवक्ता राजेन्द्र साह, आनन्द गुप्तालगायत साहित्यकार, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता शहीद संजय चौधरीकी बहिनी तथा प्रतिष्ठानकी अध्यक्ष ममता चौधरीले गरेकी थिइन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक