बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महामन्त्री मोहन विक्रम सिंह खुला राजनीतिमै फर्किए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कांग्रेससहितको पुरानो गठबन्धन विघटन भएकाेमा गम्भीर ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह खुला राजनीतिमै फर्किएका छन्।

सिंह ५७ वर्षदेखि अर्धभूमिगत रहेका महामन्त्री सिंहलाई पार्टीले खुला राजनीतिमा ल्याउने निर्णय गरेको हो।

साउन ९ र १० गते बसेको नेकपा मसालको केन्द्रीय कमिटी बैठकले महामन्त्री सिंहलाई खुला राजनीतिमा ल्याउने निर्णय गरेको हो। ‘केन्द्रीय कमिटी बैठकले महामन्त्रीलाई खुला राजनीतिमा आउन दिने निर्णय गरेको छ,’ नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार ‘महामन्त्री खुला राजनीतिमा आए पनि केन्द्रीय कमिटी भने अझै भूमिगत नै छ।’

उनले केन्द्रीय कमिटी कति सदस्यीय छ भन्ने जानकारी दिन नमिल्ने पनि बताए। देशमा संकट देखा परिरहेकोले केन्द्रीय कमिटी खुला नगरिएको अध्यक्ष केसीले बताए। ‘देशमा संकटहरू आइरहेका छन्, विदेशीको हस्तक्षेप बढेको छ, सहकारीका पैसा ठगी गरेर मानिस जेल गएको छ, प्रतिशोध भन्दै मानिसहरू हस्ताक्षर गर्दैछन्, यस्तो संकटका बेला केन्द्रीय कमिटी भूमिगत नै रह्यो,’ केसीले भने। उनले महामन्त्री सिंह अर्धभूमिगत रहेकोले खुला राजनीतिमा आउनु अनौठो कुरा नभएको पनि जनाए ।

‘महामन्त्री खुला राजनीतिमा आउनु के आश्चर्य भयो र,’ उनले भने, ‘पार्टीले निर्णय गरेर भूमिगत पठाएको थियो, अहिले पार्टीले निर्णय गरेर खुला राजनीतिमै आउन भन्यो, पार्टीले जे भन्यो त्यो मान्ने हो।’ महामन्त्री सिंह ९ वर्ष जेल बसेर २०२७ चैत ४ गते छुटेका थिए।

‘त्यसबेलादेखि अहिलेसम्म उहाँ अर्धभूमिगत हुनुभयो,’ केसीले भने, ‘उहाँ जेलबाट निस्कँदा निरंकुश पञ्चायतको बिगबिगी थियो। मेची-महाकाली भूमिगत रूपमै अभियानहरूमा लाग्नुभयो।’ पञ्चायतकालमा सिंहमाथि वारेन्ट भए पनि बहुदल आएपछि थिएन। तर पार्टीले अर्धभूमिगत रूपमै राखेको उनले जनाए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक