मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जन्मजात दृष्टिबिहिन भएकाहरूलाई देख्न सक्ने बनाउने परियोजनामा मस्क

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
जन्मजात दृष्टिबिहिन भएकाहरूलाई देख्न सक्ने बनाउने परियोजनामा मस्क
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इलन मस्कको न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंकले अहिलेसम्मकै महत्त्वाकांक्षी योजनामा काम गरिरहेको खुलेको छ।

न्युरालिंकले जन्मजात आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने बनाउने परियोजनामा काम गरिरहेको सार्वजनिक भएको हो।

उक्त उपकरणलाई ब्लाइन्डसाइट नाम दिइएको छ।

मस्कले विन्सकन्सिनमा आयोजित एक कार्यक्रममा यसको खुलासा गर्दै महत्त्वाकांक्षी परियोजना सफल हुने विश्वास व्यक्त गरेका छन्।

‘ब्लाइन्डसाइट’ नामक यो उपकरणले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)बाट ‘ब्रेकथ्रु डिभाइस’ को मान्यता पाइसकेको बताइएको छ।

यो उपकरणको मानव परीक्षण २०२५ को अन्त्यतिर सुरू गरिने तयारी रहेको मस्कले जनाएका छन्।

यो प्रविधिले क्षतिग्रस्त आँखा र अप्टिक स्नायुहरूलाई पूर्ण रूपमा बाइपास गरी यसको सट्टा हजारौं माइक्रो-इलेक्ट्रोडहरू भएको चिप सिधै मस्तिष्कको भिजुअल कोर्टेक्समा प्रत्यारोपण गरिन्छ।

यसले बाहिरी क्यामेराबाट डाटा प्राप्त गरी त्यसलाई न्यूरल स्टिमुलेसनको ढाँचामा अनुवाद गर्छ।  जसले प्रभावकारी रूपमा दृष्टिको एक रूप सिर्जना गरी मस्तिष्कमा पुर्‍याउँछ। ‘हामी यो वर्षको अन्त्यतिर पहिलो प्रत्यारोपण गर्नेछौं।यसले पूर्णरूपमा दृष्टिविहीन भएका व्यक्तिहरूले पनि हेर्न सक्नेछन्,’ मस्कले भनेका छन्।

उनले कम रिजोलुसनबाट सुरू हुने पनि जनाएका छन्। ‘सुरूमा प्रारम्भिक निन्टेडो ग्राफिक्स जस्तै हुनेछ। यदी भिजुअल कोर्टेक्समा क्षति पुगेको छैन भने यसले जन्मैदेखि आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने बनाउनेछ,’ उनले भनेका छन्।

न्यूरालिंकले आफ्नो अन्य ब्रेन-कम्प्युटर इन्टरफेस परियोजनाहरूमा पहिले नै प्रगति देखाइसकेको छ। कम्पनीको ‘टेलेप्याथी’इम्प्लान्टको मानवीय परीक्षण पनि सफल भएको छ।

काँधभन्दा तलको भाग पक्षघात भएका नोल्यान्ड अर्बाग दिमागकै आधारमा कम्प्युटर कर्सर नियन्त्रण गर्न, भिडियो गेम खेल्न, र अनलाइन अन्तरक्रिया गर्न सक्षम भएका छन्।

यो सफलताले भिजुअल कोर्टेक्ससँग इन्टरफेस गर्ने थप जटिल चुनौतीको लागि मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पार्किन्सन बिरामीका लागि पनि न्युरालिंकले डिप ब्रेन स्टिमुलेसन (डिबिएस) उपकरणको आविष्कार गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। त्यो उपकरण प्रयोग गर्दा पार्किन्सनका बिरामीहरूमा शरीरका अंग हल्लिने समस्या हटेका समाचारहरू सार्वजनिक भएको थियो।

विज्ञहरूले भने अरू प्रविधिहरूमा केही सफलता प्राप्त भए पनि ब्लाइन्डसाइट सफल हुनेमा शंका व्यक्त गरेका छन्। वाशिङ्टन विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक आयोन फाइनले चिपको मद्दतबाट हेर्न सक्ने भन्ने दाबीले झुटो आशा दिन सक्ने सम्भावना रहेको जनाइन्। उनले दृष्टि सिर्जना गरेर त्यसको संकेत मस्तिष्कमा पठाउन अत्यन्त जटिल विषय रहेको बताएकी छन्।

‘मस्तिष्कमा छविहरू सिर्जना गर्ने जैविक प्रक्रिया धेरै जटिल छ,’ उनले भनिन्, ‘दृष्टिविहीन व्यक्तिहरूको दिमागमा उच्च-रिजोल्युसन छविहरू सिर्जना गर्न वैज्ञानिकहरूले नै अहिलेसम्म  सही ‘न्यूरल कोड’ पत्ता लगाएका छैनन्।’

यो पनि पढ्नुहोस्

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

१ घण्टा अगाडि
अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

संस्कृति बन्न सकेन रक्तदान

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक