काठमाडाैं । एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेशनल हस्पिटल प्रालिबीच छुट सम्झौता भएको छ ।
सम्झौतासँगै अब यस बैंकका ग्राहकले भक्तपुर इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी गराए ।
उनका अनुसार यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै आएको छ ।
भक्तपुर इन्टरनेशनल हस्पिटलसँगको सहकार्यले ग्राहकको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धनमा सहयोग पुग्ने बैंकको विश्वास छ ।


