मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैदेशिक रोजगारीमा जाने सङ्ख्या उच्च

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
वैदेशिक रोजगारीमा जाने  सङ्ख्या उच्च
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो । विभागले पत्रकार सम्मेलनमार्फत गत आवमा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएको जानकारी गराएको हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार श्रम स्वीकृति लिएकामा संस्थागत (वैदेशिक रोजगारी व्यवसायी कम्पनी) लिने तीन लाख ५९ हजार ६७५, पुनः श्रम स्वीकृति लिने तीन लाख ३३ हजार ३०९, व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने एक लाख ३३ हजार ६२७ र जिटुजी भएका देश दक्षिण कोरिया, इजरायल र बेलायतमा १२ हजार ६५३ जना छन् ।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् । गएको आवमा प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (युएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।

गत आवको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । पछिल्लो पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा सबैभन्दा धेरै गत आव २०८१/८२ मा आठ लाख ३९ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा श्रम स्वीकृति लिएकामध्ये ३१ लाख ८१ हजार १९१ पुरुष र तीन लाख ३५ हजार ७७४ महिला छन् ।

दुई मिनेटमा श्रम स्वीकृति

पत्रकार सम्मेलनमा एक/डेढ महिनायता निवेदन आएको दुई मिनेटभित्र श्रम स्वीकृति दिइएको जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले भन्नुभयो, “स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात पूर्ण भएको खण्डमा निवेदन आएको दुई मिनेटभित्रै श्रम स्वीकृति दिन्छौँ ।” दुई महिनाअगाडि निवेदन दिएको एक सातामा मात्रै श्रम स्वीकृति दिने गरेकामा अहिले विभागको काममा व्यापक सुधार गरी दुई मिनेटभित्र दिन सफल भएको उहाँले दाबी गर्नुभयो । यस्तै विभागलाई पछिल्ला दिनमा बिचौलियामुक्त गरिएको पनि जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले सेवाग्राहीको सहयोगका लागि भन्दै बिचका व्यक्तिले श्रम स्वीकृति लिएर आउनेलाई प्रवेशद्वारबाट विभागले रोक्न सफल भएको दाबी गर्नुभयो ।

यो पनि पढ्नुहोस्

जेनजीले भनेः २४ घण्टाभित्र गृहमन्त्रीले राजिनामा नदिए संघर्षमा उत्रिन्छौं

जेनजीले भनेः २४ घण्टाभित्र गृहमन्त्रीले राजिनामा नदिए संघर्षमा उत्रिन्छौं

५७ मिनेट अगाडि
नेपाली केम्पो टोली टर्की प्रस्थान

नेपाली केम्पो टोली टर्की प्रस्थान

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

भूपदेव शाह रास्वपाका महामन्त्री

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक