बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आगलागीमा करिब ५० जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
आगलागीमा करिब ५० जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ।

“एउटा प्रमुख सपिङ सेन्टरमा भएको दुःखद आगलागीमा पीडित, शहीद र घाइतेको सङ्ख्या करिब ५० जना पुगेको छ”, वासित प्रान्तका गभर्नर मोहम्मद अल–मियाहीले आधिकारिक आइएनए समाचार एजेन्सीलाई भनेका छन्।

आगलागी बुधबार राति सुरु भएको थियो। आगोले कथित रूपमा पहिलो तलाबाट सुरु भएर छिट्टै हाइपर मललाई घेरेको थियो। कारण तुरुन्तै थाहा हुन सकेको छैन।

एम्बुलेन्सहरूले बिहान ४ः०० बजेसम्म घाइतेहरूलाई अस्पतालमा लगिरहेका थिए। बगदादबाट करिब एक सय ६० किलोमिटर (एक सय माइल) दक्षिणपूर्वमा रहेको कुटको अस्पतालका वार्डहरू भरिएका थिए।

एएफपीका एक संवाददाताले मल पाँच दिनअघि मात्र खोलिएको र अस्पतालमा जलेका शवहरू देखेको रिपोर्ट गरेको जनाए।

आगलागी अहिले नियन्त्रणमा आएको छ तर दमकलकर्मीहरूले बेपत्ता पीडितहरूलाई खोज्न जारी राखेका छन्।

सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा विचलित आफन्तहरू समाचारको प्रतीक्षामा रहेको देखाइएको छ। तीमध्ये केही एम्बुलेन्सहरू आइपुग्दा शोकमा डुबेका छन्।

एक व्यक्ति भुइँमा बसेर छाती पिट्दै र ‘हे मेरो बुबा, हे मेरो हृदय’ भनेर रोएको देखिएको थियो।

एम्बुलेन्सहरू आइपुग्दा जाँच गर्दै दर्जनौँ मानिस अस्पताल अगाडि भेला भएका थिए र केही मानिस पीडामा भुइँमा बेहोस भएका थिए।

तीमध्ये एक ५० वर्ष उमेरका चिकित्सक नासिर अल–कुरैशीले आगलागीमा परिवारका पाँच जना सदस्य गुमाएको जनाए ।

“हामीमाथि एउटा विपत्ति आएको छ”, उहाँले एएफपीलाई भने, “हामी केही खाना खान, रातिको खाना खान र घरमा बिजुली कटौतीबाट बच्न मलमा गएका थियौँ। दोस्रो तलामा एयर कन्डिसनर विस्फोट भयो र त्यसपछि आगो लाग्यो र हामी यसबाट उम्कन सकेनौँ।”

गभर्नर मियाहीले तीन दिनको शोक घोषणा गर्नुभएको छ र स्थानीय अधिकारीहरूले मलको मालिक र भवन ठेकेदार विरुद्ध मुद्दा दायर गर्ने जनाएका छन्।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष ४८ घण्टाभित्र आउने अपेक्षा गरिएको गभर्नरले जनाए । “यो त्रासदी एउटा ठूलो आघात हो… र सबै सुरक्षा उपायहरूको गम्भीर समीक्षा आवश्यक छ”, उनले भने।

इराकको निर्माण क्षेत्रमा सुरक्षा मापदण्डहरू प्रायः बेवास्ता गरिन्छ र दशकौँको द्वन्द्वपछि पूर्वाधार बिग्रिएको यो देश प्रायः घातक आगलागी र दुर्घटनाहरूको दृश्य हुन्छ।

तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फारेनहाइट) पुग्ने गर्मीमा आगलागी बढ्छ।

सन् २०२३ सेप्टेम्बरमा भीडभाड भएको इराकी विवाह हलमा आगलागी भएपछि बाहिर निस्कनका लागि आतङ्कित भागदौड हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको थियो। सन् २०२१ जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

२ दिन अगाडि
आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक