काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले कागज गराएर छाडेको छ।
शुक्रबार बिहान पक्राउ परेका पाठकलाई प्रहरीले कागज गराएर परिवारको जिम्मा लगाएको हो।
अबदेखि पूर्वराजा शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर नलेख्ने, आफ्नो फेसबुकमा पोस्टहरू नगर्ने र गरिएका पोस्टहरू डिलेट गर्ने कागज गराएर उनलाई छाडिएको प्रहरी स्रोतले जानकारी दियो।
उनलाई शुक्रबार बेलुका करिब पौने ८ बजेतिर मात्रै छाडिएको थियो।


