बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विकट गाउँको सडक कालोपत्रे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विकट गाउँको सडक कालोपत्रे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिकाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने वडा नं. १२ घारीबथानमा यो वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । मधेश प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको बजेटबाट पहिलो पटक घारीबथानमा गाउँको मुख्य सडक कालोपत्रे गरिएको हो । ग्राभेल कच्ची सडक रहेको ठाउँमा कालोपत्रे सडक निर्माण भएसँगै स्थानीय खुसी भएका छन् । घारीबथानस्थित दोकन टोलका दुर्गाबहादुर भुजेलले गाउँमा कालोपत्रे सडक निर्माण भएसँगै बल्ल नगरपालिकाको बासिन्दा भएको महसुस भएको जनाउनुभयो । गाउँमा खानेपानी र सिँचाइको दुःख भने हट्न नसकेको भुजेलको गुनासो छ ।

सडक कालोपत्रे भएसँगै आवतजावतमा असाध्य सहज भएको भुजेलको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँमा पिच रोड बन्दा असाध्य खुसी छौँ । गाउँमा खानेपानी र सिँचाइको समस्या भने कहिल्यै हट्न सकेन ।”

सर्लाहीको उत्तरपूर्वी भेगस्थित महोत्तरीको बर्दीबास नगरपालिकाको खयरमारासँग सीमा जोडिएको घारीबथानमा चालु आर्थिक वर्षमा वडा, नगर र प्रदेशको समेत तीन करोड रुपियाँ बजेट खर्चिएर सडक कालोपत्रे गरिएको हो । वडा तथा नगरबाट विनियोजित ८१ लाख रुपियाँबाट गोपीचोकदेखि चाकलटोल जाने ओरालोसम्मको एक किलोमिटर पाँच सय मिटर सडक कालोपत्रे गरिएको ईश्वरपुर १२ घारीबथानका वडाध्यक्ष देवीबहादुर खत्री (शिव) ले जानकारी दिनुभयो ।

यस्तै मधेश प्रदेश सरकारबाट प्राप्त दुई करोड रुपियाँबाट चाकलटोलतर्फ झर्ने ओरालोदेखि हाइस्कुल, टेम्पुचोक हुँदै साबिक कालिन्जोर गाविस–१ मा पर्ने पिपल चौतारासम्म र सोही बजेटले टेम्पुचोकदेखि वडा कार्यालयसम्मको दुई किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको वडाध्यक्ष खत्रीले जनाउनुभयो । उहाँले गाउँमा चव्रपथकै आकारमा रहेको सडकमध्ये गोपीचोकदेखि नयाँ टोलसम्मको करिब एक किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको र आगामी आवमा बजेट विनियोजन गरेर उक्त सडक पनि कालोपत्रे गरिने जानकारी दिनुभयो ।

घारीबथानमा यसअघि दोङखोरियादेखि गोपीचोकसम्म करिब एक किलोमिटर र पूर्वपश्चिम राजमार्गस्थित बाँकेचोकदेखि अधिकांश जङ्गलमा भागसहित नयाँटोलस्थित गाउँसम्म सात किलोमिटर सडक कालोपत्रे भएको थियो । घारीबथानमा चुरेडाँडाको फेदीसम्मका सडक कालोपत्रे हुन सुरु भए पनि चुरेपाखामा रहेका बस्तीमा भने गोरेटो सडकसम्म  पुग्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१० घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक