बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कमाउन गएका छोरा बेपत्ता भएपछि परिवार विक्षिप्त

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कमाउन गएका छोरा बेपत्ता भएपछि परिवार विक्षिप्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बबई (बर्दिया)। बर्दियाको बारबर्दिया नगरपालिका–१०, गुमस्ताका ५५ वर्षीय रुन्चे चौधरी र उहाँकी श्रीमती हिरामोती चौधरीको आँखामा आँसुका भेल थामिएको छैन । यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्तागाउँ नै शोकमा छ । भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उहाँको परिवारमा वज्रपात परेको छ । जिपनसँगै बर्दियाबाट कामका लागि रसुवा पुगेका बारबर्दिया नगरपालिका–१०, फेनापतिका ३२ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम चौधरी, बारबर्दिया–९ का ३० वर्षीय सुरेश थारू र बढैयाताल गाउँपालिका–६, भदहीका २१ वर्षीय लक्ष्मीनारायण थारू रातिको बाढीमा परेर बेपत्ता भएपछि अहिले पूरै बारबर्दिया नगरपालिका शोकमा डुबेको छ । कमाउन गएका छोरा बेपत्ता भएपछि परिवार विक्षिप्त बनेको छ ।

मङ्गलबार बिहान घरमा बसिरहेका जिपनका बाबु रुन्चे चौधरीलाई वडा नं. २ का मानिसले छोराको मोबाइल नम्बर सोधेपछि छोरा बेपत्ता भएको खबर पाउनुभएको थियो । राति १० बजे गर्भवती श्रीमती अनिता चौधरीसँग फोन सम्पर्क गर्नुभएका जिपन बेपत्ता भएपछि परिवारमा वज्रपात परेको छ । पाँच वर्षपहिला कामको सिलसिलामा भोटेकोशी पुगेका जिपन गत चैतमा पुनः भोटेकोशी गएको परिवारले जनाएको छ । जिपनसँगै बाढीमा बेपत्ता हुने सन्तोष दहित जिपनका जेठान हुनुहुन्छ भने बुद्धिराम चौधरी जिपनका साला पर्नुहुन्छ । एउटै परिवारभित्रका तीन जनालाई बाढीले बगाएपछि अहिले गाउँ मात्र होइन, बारबर्दिया नगरपालिका नै शोकमा डुबेको छ ।

पाँच वर्षदेखि परिश्रम गरेर काम गरेर पैसा कमाएर उहाँले श्रीमतीका लागि पसल खोल्नुभएको थियो । जिपनका बुवा रुन्चे चौधरीले चैतमा काममा जाँदा परिवारलाई सहज होस् भनेर पसल सञ्चालन गरेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै बन्द छ ।” उहाँकी श्रीमती अनिता चौधरीले कामका लागि रसुवा पुगेका जिपनले सोमबार राति श्रीमतीलाई फोन गरेर स्वास्थ्यको ख्याल राख्न भन्नुभएको बताउनुभयो । श्रीमतीसँगको त्यो फोन नै जिपनको अन्तिम फोन भयो । जिपनकी आमा हिरामोती चौधरीले परिवार पालनपोषणको जिम्मेवारी बोकेको छोरा बाढीमा बेपत्ता भएको खबरले परिवारमा ठुलो वज्रपात परेको जनाउनुभयो ।

मिजासिलो स्वभाव भएका जिपन बेपत्ता भएको खबरले आफू विक्षिप्त भएको उहाँका स्कुलका साथी विश्वास सिंहले जनाउनुभयो । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले मङ्गलबार बिहान बाढीबाट बेपत्ता भएका परिवारको स्थायी ठेगाना पत्ता लगाउने काम भइरहेको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१० घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक