काठमाडौं । उच्च अदालत पाटनले पुरानो काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश दिएको छ।
पुरानो बसपार्कमा निर्माण भइरहेको टावर रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशन उच्च अदालत पाटनले सामेबार अन्तरिम आदेशमार्फत रोक लगाएका हो।
स्वच्छन्द बिकोई बिल्डर्सले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश खरेलको एकल इजलासले निर्माण नरोक्न भनेको हो। महानगरले गत माघमा टावरको निर्माण रोक्न निर्देशन दिएको थियो।
महानगर प्रमुख बालेनले १२ तलाको नक्सा पास भएको टावर जरिवाना लिएर १९ तलाको बनाउन अनुमति दिएको भन्दै प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईमाथि छानविन नै गरेका थिए। उनीहरुबीच मनमुटावको मुख्य कारण यहीँ विषय थियो।
अहिले पनि गुरागाईं महानगरमै छन्। दुईजनाको द्वन्द्वले गर्नैपर्ने कामसमेत राकिँदै आएका छन्।


