बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
चुनावमा धाँधलीको अभियोगमा अगस्ट २५ अगावै जेलसमक्ष आत्मसमर्पण गर्न ट्रम्पलाई आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराएका थिए।

नेतन्याहूले भने, ‘म तपाईंलाई मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाउन चाहन्छु । यसमा तपाईंलाई शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ, जसका तपाईं पूर्णरूपले हकदार हुनुहुन्छ र तपाईंले यो पाउनु पर्छ।’

ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारी दिएका छन् ।

यसअघि पाकिस्तान सरकारले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पुर्‍याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।

के भन्छन् ट्रम्प ?

यसअघि ट्रम्पले नोबेल पुरस्कार बारे प्रतिक्रिया दिंदै भनेका थिए, ‘मैले कति युद्ध रोकें, जे गरे पनि मलाई नोबेल दिइँदैन। मलाई चार–पाँच पटकसम्म नोबेल शान्ति पुरस्कार मिल्नु पर्थ्यो। तर उनीहरूले मलाई कहिल्यै दिने छैनन्, किनकि उनीहरूले त्यो पुरस्कार केवल लिबरलहरूलाई दिन्छन्।’

ट्रम्पले सोमबार पुनः आफूले भारत र पाकिस्तानबीचको ठूलो युद्ध रोकिदिएको दाबी गरेका छन् । साथै उनले कोसोभो–सर्बिया र रूवान्डा–कङ्गोबीचका द्वन्द्व पनि रोकिदिएको बताए ।

ट्रम्पले भने, ‘हामीले धेरै झगडा रोक्यौं, जसमा भारत–पाकिस्तानबीचको ठूलो विवाद पनि पर्छ। हामीले दुवै देशलाई यदि तपाईंहरू लड्नुभयो भने, हामी तपाईंहरूसँग कुनै व्यापारिक सम्बन्ध राख्नेछैनौं भनेका थियौं ।’

उनले थपे, ‘उनीहरू सम्भवतः आणविक युद्धको अवस्थामा थिए। त्यसलाई रोक्नु अत्यन्त जरुरी थियो।’

आधिकारिक मनोनयन कहिले ?

नोबेल पुरस्कार २०२६ का लागि आधिकारिक मनोनयन प्रक्रिया सेप्टेम्बरमा सुरु हुने बताइएको छ। २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयनको अन्तिम समय जनवरी ३१ सम्म थियो।

२०२५ को शान्ति पुरस्कारका लागि ३३८ जना मनोनयनमा परेका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्था थिए । सन् २०२३ मा २८६ जना मनोनयन भएका थिए भने सन् २०१६ मा हालसम्मकै उच्च ३७६ मनोनयन भएका थिए ।

नोबेल पुरस्कारको वेबसाइटअनुसार, कुनै पनि विधामा मनोनयनमा परेका व्यक्तिहरूको नाम ५० वर्षसम्म गोप्य राखिन्छ । कतिपय देश र संस्थाहरूले आफ्नो मनोनयनलाई सार्वजनिक गर्ने गर्छन् । यसअघि इमरान खानलाई मनोनयन गर्ने संस्थाले सार्वजनिक रूपमा नाम खुलाएको थियो ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

९ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक