बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मंसिर पर लगेर १५ औं महाधिवेशन हुन नसक्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ को मंसिर पर लगेर १५ औं महाधिवेशन हुन नसक्ने जनाएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्ने क्रममा महामन्त्री थापाले २०८३ भन्दा पछाडि लान नहुने जनाए । त्यसपछि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नहुने उनले बताए । ‘त्यसैले ८३ मंसिरसम्म पनि नपुर्‍याइकन सकेसम्म छिटो हामीले गर्‍यौं भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ ।’

पार्टीमा कोही महाधिवशेनको पक्षधर र कोही पक्षमा नभएको जस्तो गरी नेताहरूले प्रचार गर्ने गरेको भन्दै आपत्ति जनाए । ‘कोही महाधिवेशन गर्ने पक्षको, कोही महाधिवेशन नगर्ने पक्षको, कोही छिटो गर्ने, कोही ढिलो गर्ने, जुन कुरामा हामी कोही पनि छैनौं,’ थापाले भने ।

विगतमा महाअधिवेशन हुने कार्यतालिका निश्चित भएपछि क्रियाशीलको पोको खोल्ने गरिएको उल्लेख गर्दै यसपटक विधान अनुसार काम गरिएको उनले जनाए ।

थापाले क्रियाशील सदस्यता नवीकरणको कार्य भइरहँदा नेताहरुले आफ्नो क्षेत्रको अवस्था के छ भनी ख्याल गर्न आग्रह गरे । थापाले आफ्नो क्षेत्र (काठमाडौं–४ ) ले नवीकरण गरेर केही महिना अघि नै सकेको उदाहरण प्रस्तुत गरे ।

‘पार्टीका नेताहरूलाई मैले अनुरोध गर्न खोजेको, कम्तीमा आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता रिन्यु नहुने कुराको सन्दर्भमा अलिकति बढी त्यहाँ काम गर्दिनुपर्ने छ,’ नेताहरूलाई थापाले आग्रह गरे ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले समुदाय, नवीकरणको अवस्था, मतदाता लगायतका आधारमा नयाँ सदस्यताको जिल्लागत प्रतिशत तोकिने जनाए । नवीकरण कति भयो र मतदाता, मतदान कति प्राप्त भयो त्यस आधारमा नयाँ सदस्यताको फर्म जिल्लालाई दिने बताउँदै उनले भने, ‘उदाहरणका रुपमा सबभन्दा बढी रिन्यु भएको चितवन थियो । अब हामीले संघीय निर्वाचनको परिणामहरू राखेर पनि यसलाई यसरी हेर्न पनि सक्छौं ।’

महाधिवेशनबारे आफूलाई केही भन्न आवश्यक नभएको जनाए ।

‘महाधिवेशनको बारेमा केही पनि भएको छैन भन्ने कुरा कृपया पार्टीका जिम्मेवार नेता साथीहरूले बाहिर नभन्दिनुहोला भन्ने मेरो अनुरोध छ,’ उनले भने, ‘त्यो हो भनेदेखि ठ्याक्कै के भयो भने, महाधिवेशनको सुश्चितता भन्ने हो भनेदेखि पार्टीमा सभापतिलाई वा हामी कसैलाई पनि बोलाएर छलफल गर्ने कुराहरू गर्न आवश्यक छ ।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक