काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ९२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १४५ रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर २ हजार १७० रूपैयाँ कायम भएको छ ।


