बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा जालसाजी गरेर हत्याएको ३९ वर्षपछि सरकारकै नाममा फिर्ता आएको छ । काठमाडौंको बाँसबारीस्थित १० रोपनी जग्गा खाली भएपछि सरकारी प्रयोजनकै लागि प्रयोग गर्ने प्रक्रिया अघि बढेको छ ।

एक वर्षअघि नै सो जग्गा सरकारको नाममा ल्याउने निर्णय भए पनि खाली हुन सकेको थिए । सरकारले मुद्दा नचलाउने निर्णय गरेपछि जग्गा खाली गराउन सिजी चाँदबाग रेसिडेन्सी तयार भएको हो ।

काठमाडौं महानगरपालिका– ३ मा पर्ने सो जग्गा गत वैशाखदेखि खाली भएको हो । तर, कसरी उपभोग गर्ने भन्ने टुंगो लागेको छैन । नेपाल प्रहरीले भने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालय राख्न प्रस्ताव गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि सो जग्गा माग गरेको छ ।

‘खाली भएको जग्गामा सिआइबीको कार्यालय राख्न दुई महिनाअघि नै पत्र आएको थियो,’ काठमाडौं– ३ का वडाध्यक्ष प्रेमबहादुर थापा भन्छन्, ‘त्यसउपर कुनै निर्णय गरेका छैनौँ, गंगालाल अस्पतालले पनि मागेको छ र स्थानीयले त्यो जग्गा खाली नै राख्नुपर्छ भन्नुभएको छ । छलफल गरेर निर्णय लिन्छौँ ।’ स्थानीयले पार्क बनाउन माग गरेका छन् । स्कुलले जग्गा खाली गराए पनि त्यहाँका संरचना भने भत्काइसकेको छैन । वडा कार्यालयले असारभित्र संरचना भत्काएर लैजान पत्र लेखेको छ ।

सिआइबीकै अनुसन्धानका आधारमा सो जग्गा सरकारको नाममा फिर्ता आएको हो । सिआइबीले १८ माघ ०८० मा सो विद्यालयका सञ्चालक अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पछि मुद्दा नचलाउने सर्तमा सिजी चाँदबाग रेसिडेन्सी जग्गा फिर्ता गर्न तयार भएको थियो । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा कर्मचारीसहितको मिलेमतोमा किर्ते कागजपत्र बनाई हत्याएको भन्दै सिआइबीले अनुसन्धान थालेको थियो । यद्यपि, पछि मुद्दा नचलाउने निर्णय गरियो ।

०४३ मा चौधरी समूहले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता उद्योगलाई सहयोग गर्ने आश्वासनमा साझेदारी गरेको थियो । जुत्ता उत्पादनमा सघाउने भन्दै च्याम्पियन फुटवेयरले बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा मिलेमतोमा नियम मिचेर सस्तोमा खरिद गरेको थियो । त्यस्तै, कम्पनीको २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता उद्योगलाई दिने सहमतिमा सोबापतको चार रोपनी जग्गा च्याम्पियन फुटवेयरले आफ्नो बनाएको थियो । तर, सञ्चालनमा आएको तीन वर्षपछि नै फुटवेयर बन्द गरियो । छालाजुत्ता कम्पनीको जग्गा भने फिर्ता भएन । छालाजुत्ता कम्पनीलाई पनि पछि सरकारले निजीकरण गरेको थियो । जग्गा हत्याउनकै लागि त्यसरी सरकारी स्वामित्वको कम्पनीसँग साझेदारी गरिएको अनुसन्धानमा खुलेको थियो ।

सिआइबी हाल नेपाल ट्रस्टको लाजिम्पाटस्थित भवनमा लिजमा बसेको छ । तर, त्यहाँ पर्याप्त ठाउँ नहुँदा हिरासत कक्ष तथा केही कार्यालय भने महाराजगन्जस्थित पुरानो कार्यालयमा छ । आफ्नै भवन नहुँदा अनुसन्धानलगायत काममा समस्या हुँदै आएको सिआइबीका एसएसपी होबिन्द्र बोगटी बताउँछन् । सोही कारण बाँसबारीमा खाली भएको १० रोपनी जग्गा माग गरिएको उनले जनाए ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

७ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक