बुध, साउन २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खानेपानी तथा सरसफाइ क्षेत्रलाई महत्वपूर्ण योगदान पुग्ने : मन्त्री यादव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
खानेपानी तथा सरसफाइ क्षेत्रलाई महत्वपूर्ण योगदान पुग्ने  : मन्त्री यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ ।

संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भइरहेको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रमा सहभागी हुनु भएका मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

सम्मेलनमा नेपालको राष्ट्रिय प्रतिबद्धता—सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने—बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको तथा सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनमा देखिएका कमजोरीहरू सुधार गर्दै, अहिले उच्च राजनीतिक तहबाट प्रभावकारी कार्यान्वयनको दिशा तय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो।

“नेपाल सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र बनेको सफलताले प्रमाणित गरेजस्तै, अबको लक्ष्य सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्नु रहेको छ,” उहाँले भन्नुभयो, “अन्य देशहरूको अनुभवबाट सिक्दै नेपालले समेत तीव्र प्रगति गर्ने रणनीति अवलम्बन गरेको छ ।”

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले खानेपानी तथा सरसफाइ क्षेत्रमा अगाडि बढाएको यो प्रयास राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उदाहरणीय बन्ने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

“विकासका लागि वित्तीय स्रोतहरूको सुनिश्चितता र प्रभावकारी परिचालन नहुँदासम्म खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएका संरचनागत चुनौतीहरू समाधान गर्न कठिन छ,” उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु सहभागी हुनु भएको यो सम्मेलनले हाम्रो राष्ट्रिय प्रयासलाई थप सशक्त बनाउने र दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक दीर्घकालीन लगानी, सार्वजनिक–निजी साझेदारी र अन्तर्राष्ट्रिय सहयोगलाई थप मजबुत बनाउनेछ ।”

राष्ट्रप्रमुखको विशेष पहलअन्तर्गत सबैका लागि सुरक्षित खानेपानी तथा सरसफाइमा पहुँच सुनिश्चित गर्न आवश्यक वित्तीय संरचना सुदृढ बनाउने हाम्रो राष्ट्रिय प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नु यस भ्रमणको मूल उद्देश्य रहेको समेत मन्त्री यादवले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनबाट हामीले हाम्रो देशको पानी, सरसफाइ र स्वच्छताको अवस्था समीक्षा गर्‍र्यौ । त्यस सम्मेलनले देखाएका कमजोरीहरू सुधार गर्दै यो प्रतिबद्धता उच्च राजनीतिक तहबाट अगाडि बढाइएको हो, जसले कार्यान्वयनमा गति ल्याउनेछ ।”

यसैगरी उहाँले अन्य देशहरूका अनुभवहरूबाट प्रेरणा लिएर, नेपालले पनि यो प्रतिबद्धतालाई प्रयोग गरेर छिटो प्रगति गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१९ मा नेपाल खुला दिसामुक्त राष्ट्र बनेको सफलता उच्च राजनीतिक नेतृत्वबाट सम्भव भएको र त्यसै सफलतालाई आधार मानेर अहिले हामी सबैका लागि सुरक्षित र दिगो पानी तथा सरसफाइ सेवा सुनिश्चित गर्न चाहन्छौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको यो प्रतिबद्धता नेपालमा सबैका लागि सुरक्षित, समावेशी र दिगो पानी तथा सरसफाइ सेवा पुर्‍याउने दिशातर्फ ठूलो कदम भएको मन्त्री यादवको भनाई छ ।

यो पनि पढ्नुहोस्

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

३ घण्टा अगाडि
आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुने

रुघाबाट बच्ने ८ उपाय

एसीसी प्रिमियर कप एक दिवसीय खेल्न सन्दीप लामिछाने कप्तान

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक