आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

काठमाडौंमा मेट्रो रेल चलाउन बेलायतका नेपाली इन्जिनियरको दौडधुप

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
काठमाडौंमा मेट्रो रेल चलाउन बेलायतका नेपाली इन्जिनियरको दौडधुप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
नवीन पोखरेल

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले गत साता बेलायतको क्याम्ब्रिजमा गरेको दशौं वार्षिक सम्मेलन विशेषगरी विज्ञान, प्रविधि र इन्जिनियरिङमा केन्द्रित थियो ।

उक्त सम्मेलनमा विज्ञहरुले कुल ८ वटा कार्यपत्र पेश गरेकामा एउटा थियो ग्रेटर काठमाडौँ उपत्यकामा मेट्रो रेल विकासको रुपरेखा । कार्यपत्र प्रस्तुतकर्ता थिए- सिभिल इन्जिनियर डा. विनोदलाल अमात्य ।

जुन तेश्रो साता सत्तारुढ दल एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा रहँदा पनि सोसाइटीले दूतावासमा एक कार्यक्रम राखेरै काठमाडौंमा मेट्रो रेल सम्भाव्यताबारे बेलिविस्तार लगाएको थियो ।

एमाले महासचिव पोखरेल र राजदूत चन्द्र कुमार घिमिरेसमक्ष सोने यूके अध्यक्ष सुवोध तिमिल्सिना, डा. अमात्य लगायतले भनेका थिए, ‘काठमाडौं उपत्यकामा अब मेट्रो रेल जरुरी भइसक्यो । मास्टर प्लान बनाएर प्रोजेक्ट शुरु गरे २० वर्षसम्म त बन्थ्यो । बरु हामी बेलायतका इन्जिनियरहरु पनि काम गर्न तयार छौं ।’

डा. अमात्यको प्रस्ताव र लागन अनुमान

डा. अमात्यका अनुसार मेट्रो रेलले काठमाडौं उपत्यकाभित्रका १८ नगरपालिका जोड्न सकिन्छ । सिटी सेन्टरबाट ५ वटा लाइनले पूर्व पश्चिम, उत्तर दक्षिण कनेक्ट गर्छ । यो रुट १९२. ५ किमी दुरी छ र जग्गा अधिग्रहणसहित यसको अनुमानित बजेट २५ बिलियन डलर लाग्ने आकलन छ ।

डा. विनोदलाल अमात्य

काठमाडौं लाइन अन्तर्गत बनेपा, भृकुटीमण्डप थानकोट एवं पाटनलाइन अन्तर्गत गोदावरी, भृकुटी मण्डप र बुढानीलकण्ठ गरी दुई रुटको दुरी ६२. ५ किमी लामो हुनेछ । यसको बजेट १० बिलियन डलर र निर्माण कार्य सम्पन्न गर्न करिब १२ वर्ष लाग्ने अनुमान छ ।

माथि उल्लेखित दुई रेल लाइन चलाउन ३ हजार ५ सय वर्क फोर्स (कामदार) आवश्यक हुन्छ भने निर्माणका बेला त हजारौंले रोजगारी पाउनेछन् । निर्माण सामग्रीका कम्पनीहरु पनि चल्ने भए । रेलसँगै कमर्सियल युनिट वृद्धि र समग्र जीडीपी नै बढ्ने उनी बताउँछन्  ।

तर, यति ठूलो खर्च कसरी जुटाउने ? डा. अमात्य भन्छन्, ‘प्रत्यक्ष वैदेशिक लगानी, थोरै ब्याजदरमा ऋण (सफ्ट लोन), ग्रीन क्लाइमेट फण्ड, करदाताबाट उठाएको रकम, पब्लिक शेयर, निजी क्षेत्रको लगानी जस्ता श्रोतबाट मेट्रो रेल असम्भव छैन ।’

दूरदर्शी दृष्टिकोण आवश्यक

पूर्वाधार निर्माणमा दख्खल राख्ने बेलायती कन्सल्टयान्ट कम्पनी आरएसके ग्रुपमा कार्यरत सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले काठमाडौं उपत्यकामा मेट्रो रेलको वकालत गर्न थालेको यूके आएयता १५ वर्ष भयो ।

उनले आफ्नो अध्ययनको निष्कर्ष नेपालमा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल आदिमा सुनाइसके । ‘मैले खासमा नीति निर्मातालाई बुझाउन खोजिरहेको हुँ । तर नेपालमा मन्त्री, ब्युरोक्रयाट्स परिवर्तन भइरहने हुँदा केही काम हुँदैन’, उनले गुनासो गरे । उनी १०, २०, ५०, १०० वर्षको साहसी र दूरदर्शी विकास दृष्टिकोण चाहिने औंल्याउँछन् ।

काठमाडौं मेट्रो रेल विकासको फ्रेमवर्क आउन जरुरी रहेको विज्ञहरुको तर्क छ । फ्रेमवर्कभित्र मोबिलिटी एण्ड कनेक्टिभिटी, (चलायमान र जोड्ने), भूमिगत ठाउँको विकास, व्यवस्थित शहरीकरण, स्टेशनको दायाँ-बायाँ वस्ती विकास (रि-जेनेरेसन), खुल्ला ठाउँको संरक्षण, सभ्यता र संस्कृति प्रवर्द्धन एवं संरक्षण, आर्थिक समृद्धि, एकीकृत यातायात आदि पर्छन् ।

रोजगारी, आर्थिक सम्भावना र उज्ववल भविष्य खोज्दै मानिसहरु काठमाडौंमै आएर बस्ने, घर बनाउने सपनाले गर्दा राजधानी कंक्रिटको जंगल भएको छ, सौन्दर्य नै कुरुप भएको छ । वायु प्रदूषणको ५० प्रतिशत यातायात साधनबाट सृजित इमिसनका कारण भइरहेको छ ।

विज्ञहरु भन्छन् नेपालमा विकासको भिजन नगण्य छ । ट्राफिक जाम भयो भनेर सांस्कृतिक सम्पदा, मन्दिर, पाटी पौवा नष्ट गरेर बाटो फराकिलो पारिन्छ । तर यसबाट मात्र समाधान निस्कने होइन किनकि सवारी साधन फेरि बढिहाल्छन् ।

विगतका प्रयास

काठमाडौं उपत्यकामा रेल सञ्चालनका लागि केही पहल नभएका भने होइनन् । रेल विभागले सन् २०१२ मा कोरियन परामर्शदाताबाट अध्ययन शुरु गरेको थियो ।

जावलाखेलबाट लगनखेलसम्म आकाशे पुलबाट रेल चलाउने सोचका साथ कोरियनले थालेको अध्ययनमा पछि चिनियाँ थपिए । तर, सयौं वर्ष पुरानो मच्छिन्द्रनाथ रथ तान्ने रुट त्यहीँ पर्ने भएकाले ललितपुर नगरपालिकामा छलफल हुँदा त्यसको विरोध भएर अध्ययन नै बन्द भयो ।

सन् २०१८ मा मोनोरेल बनाउने भनेर काठमाडौं र ललितपुर महानगरपालिका मिलेर डीपीआर बनाए तर कार्यान्वयन भएन ।

त्यही साल महाप्रसाद अधिकारी सीईओ भएका बेला लगानी बोर्ड नेपालले इष्ट-वेष्ट लाइन बनेपा, धुलिखेलदेखि थानकोटको रुटमा मेट्रो रेल अध्ययनका लागि टेन्डर आह्ववान गरेको थियो तर अगाडि बढेन ।

ट्राफिक जामका कारण आर्थिक गतिविधिबाट वार्षिक १.२ बिलियन डलर नोक्सान भइरहेको डा. एस चन्दले गरेको एक अध्ययनमा छ ।ट्राफिक जाम हुँदा समय बर्बाद, ट्राफिक व्यवस्थापनमा खर्च, इन्धनमा थप खर्च, दुर्घटना वृद्धि, कार्बन उत्सर्जन वृद्धि आदि हुन्छ । यसकारण मेट्रो रेल उपयुक्त हुने विज्ञहरु बताउँछन् । अनलाइन खबर

यो पनि पढ्नुहोस्

दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई आवासको व्यवस्था

दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई आवासको व्यवस्था

३८ मिनेट अगाडि
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन उद्योग बन्द गर्ने घोषणा

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन उद्योग बन्द गर्ने घोषणा

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

अमेरिकाले पाराग्वेमाथि सहज जित निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक