काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।
बुधबार समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो। केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब पार्टी सिनो बोकेर हिड्न सक्दैन भनेकी थिइन्।
त्यसपछि उनको पार्टीभित्र विरोध भएको थियो। पार्टीले नेतृत्वमाथि जथाभावी नबोल्न आग्रह पनि गरेको थियो। अहिले आएर पार्टी झाँक्रीलाई स्पष्टीकरणसमेत सोधेको हो।


