बिहि, साउन २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उद्घाटन गरेका हुन् ।

नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रमको उद्घघाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍ने विश्‍वास व्यक्त गरेका छन् । उनले भने, “चिनियाँ भाषाको ज्ञानले नेपाल-चीन सम्बन्धमा सेतुको काम गर्नेछ र यसले पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍ने विश्‍वास लिएको छु ।” मन्त्री पाण्डेले भाषिक ज्ञान हुनु भनेको सम्पत्ति थप्‍नुजस्तै भएको उल्लेख गर्दै भने, “जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो त्यति नै योग्यता अभिवृद्धि भएको ठान्नुपर्छ । भाषामा दक्ष हुँदा अर्को व्यक्तिसँगको निकटता कायम गर्ने विषयमा सहजता सिर्जना गर्न ठूलो भूमिका निर्वाह गर्छ‌ ।” मन्त्री पाण्डेले भाषाले सभ्यता, इतिहास र दर्शन बोकेको हनेसमेत बताएका छन् । चिनियाँ भाषाको अनुवादक हुनु भनेको सिपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उल्लेख गर्दै उनले थपे, “चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूतको रुपमा काम गर्न सक्नुहुन्छ ।

यसले पर्यटन विकासमा सहयोग पुर्‍याउने र स्वरोजगार पनि बनाउँछ ।” मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँहरुलाई नेपालको प्रकृति हेर्नका लागि आह्वान गर्नसमेत आग्रह गरेका छन् । उनले भने, ” चीनले नेपाल पर्यटन वर्षसमेत घोषणा गरेकाले म चिनियाँ साथीहरुलाई नेपालको प्रकृति हेर्न आउनका लागि पनि आग्रह गर्दछु । नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ ।” जलवायु परिवर्तनका कारण नेपालका हिमालहरुमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनका कामहरु पनि भइरहेको मन्त्री पाण्डेले बताएका छन् ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले भने, “नेपाल आएदेखि म तेस्रो पटक भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा पुगेको छु ।

नेपाल आउने चिनियाँहरुले आफ्नो भाषामा संवादको अपेक्षा गर्ने भएकोले नेपाली पर्यटनको गुणस्तरमा भाषा प्रशिक्षण कार्यक्रम सहयोगी बन्‍नेछ ।” राजदूत सोङले चीन विश्व पर्यटन मोडललाई पुनसंरचना गर्ने शक्ति राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै भने, “नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सामान खरिद गर्न वा पर्यटकीय गन्तव्यहरुको हेर्न मात्र होइन, स्थानीय संस्कृतिको अनुभव गर्न र आफ्नो भाषामा संवाद कायम गर्न चाहन्छन् ।

चिनियाँ भाषाको ज्ञानले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुलाई नेपालको ऐतिहासिकता बुझाउन र सेवाको गुणस्तरणलाई दीर्घकालीन उत्कृष्टतामा लैजान सहयोग पुर्‍याउनेछ ।” चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्‍वको सबैभन्दा ठूलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएकोसमेत राजदूत सोङले बताएका छन् । त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मत सिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्वपूर्ण पहल भएको बताएका छन् ।

उनले थपे, “हामीले चिनियाँ भाषा प्रशिक्षणको शुभारम्भ गर्नु भनेको भाषिक तालिको सुरुवात मात्र होइन, यो नेपाल-चीनबीचको सम्बन्ध सेतुलाई बलियो बनाउनु पनि हो ।” निमित्त सिईओ ऐरले चिनियाँ भाषाको प्रशिक्षणले नेपालका पर्यटन पेशाकर्मीको सिप विकास र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्‍नेछ । उनले थपे, “भाषा एक शक्तिशाली माध्यम हो, यसले अवरोधहरू हटाउँछ, विश्वास निर्माण गर्छ र गहिरो सम्बन्धहरू जोड्न मद्दत गर्छ ।

चिनियाँ भाषा प्रशिक्षणमा गरिएको लगानी- जनस्तरको सम्बन्ध, सेवा प्रवाहको गुणस्तर, र दीर्घकालीन सहकार्यमा गरिएको लगानी हो ।भाषाको ज्ञानले नेपालका पर्यटन व्यवसायी तथा पेशाकर्मीहरु अन्तर्राष्ट्रिय पर्यटन बजारका लागि बलियो प्रतिस्पर्धी बन्‍नेछन् ” नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा व्याचबाट २४० जना प्रशिक्षित भइसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल-चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेशाकर्मीहरुलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरुप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्‍चालन भइरहेको छ । समारोहमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद का अध्यक्ष,डा हरिशचन्द्र शाहको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

३ घण्टा अगाडि

प्रधानमन्त्री–राजदूत भेटवार्ताको संकेत र अबको बाटो

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक