मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एएफसी महिला एसियन कप छनोटमा नेपालले आज लाओससँग खेल्दै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
एएफसी महिला एसियन कप छनोटमा नेपालले आज लाओससँग खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु हुने  एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ ।

खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको यस खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न चाहन्छ । ऐतिहासिक खेलमा नेपाली खेलाडीहरू पनि उत्साहित छन् ।

महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं तथा लाओस १०७औं स्थानमा छन् ।

पुरुष फुटबलमा नेपाल र लाओस पहिल्लो समयमा भेट भइरहेपनि महिला फुटबलमा भने यसअघि कुनै खेल भएको थिएन । त्यसैले दुवै टिमका लागि नौलो प्रतिद्वन्दी हुनेछ ।

यस्तै नवनियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा दुई दशकको अनुभव भइसकेपनि उनले पूर्ण रुपमा कुनै पनि राष्ट्रिय टिमको सिनियर टिमको प्रशिक्षण सम्हालेको यो पहिलो पटक हो ।

यद्यपी छनोटको पहिलो खेल खेल खेल्ने दिनसम्म पनि नेपाली टिमको कप्तान भने घोषणा भएको छैन । यसअघि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको कप्तानी गर्दै आएकी थिइन् । यस पटक प्रशिक्षक वाइल्डले अन्तिम समयमा कप्तान रोज्ने बताएका थिए ।

उनले पहिलो रोजाईमा मैदान उत्रने खेलाडीबाटै कप्तान रोज्ने सम्भावना छ । यदी एन्जिलाले कप्तानी गर्ने अवसर नपाएमा नेपालले नयाँ कप्तान पाउन सक्छ ।

छनोटको समूह एफमा रहेको नेपालसहित घरेलु टोली उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । श्रीलंकासँग ८ खेलमा नेपाल अपराजित छ भने उज्बेकिस्तानलाई हराउन सकेको छैन । उज्बेकिस्तान सबैभन्दा बलियो टोलीका रूपमा छ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

यो पनि पढ्नुहोस्

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

१ दिन अगाडि
ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक