काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट घरदैलो पदयात्रा सुरु गरेको छ ।
पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौं जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।
न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुनधारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने छ ।
सो पदयात्रामा पार्टीका उपसभापति डी पी अर्याल, बिराजभक्त श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको छ ।


