काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बाेलाएका छन् ।
सभामुख घिमिरेले एमालेका महेश बर्तौला, कांग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।
बैठक बिहान साढे १० बजे नयाँबानेश्वरमा सुरू भएकाे छ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि सभामुख घिमिरे आजै छलफल गर्ने कार्यक्रम रहेकाे छ । रास्वपाको संसदीय दलको बैठक भएकोले त्यसपछि परियारसँग छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।


