बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैैं । विगत २९ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गरिरहेको मानव अधिकार तथा शान्ति समाजले २०८२ असार १३ गते दिउँसो ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन गरेको छ । वर्तमान/भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ? भन्दै विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने र सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुले युद्धको पक्षपोषण होइन, युद्ध अन्त्य र शान्ति प्रवद्र्धनमा योगदान गर्नुपर्ने आग्रहसहित प्रदर्शन गरेको हो । स्मरणीय छ, भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढतासहित ८० वर्ष अघि संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो  ।

प्रदर्शनमा २० महिनादेखि गाजामा नरसंहार जारी⁠ः तैपनि राष्ट्रसङ्घमाथि इजरायल भारी, इरानमाथि अमेरिकाको बमबारी, तैपनि राष्ट्रसङ्घमा अमेरिका भारी, सवा तीन वर्षदेखि युक्रेनमा रूसको बमबारी तैपनि राष्ट्रसङ्घमा रुस भारी, राष्ट्रसङ्घ लाचार हुनु विश्व शान्तिका लागि खतरा, इजरायलको बर्बरता र इरानको आणविक महत्वकांक्षा दुवै विश्व शान्तिका लागि खतरा, युद्ध विस्तार हुदँैछ, मानवता पराजित हुदैँछ, शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार?, राष्ट्रसंघ खुम्चिदै छ, युद्ध विस्तार हुदैँछ, UN: WHERE IS DETERMINATION TO SAVE SUCCEEDING GENERATIONS FROM THE SCOURGE OF WAR, INCREASING NUMBERS OF WARS INDICATES A FAILURE OF THE UNITED NATIONS, PERMANENT MEMBERS OF UN SECURITY COUNCIL MUST ACT LIKE GUARDIANS, NOT AGGRESSORS, THE UN SECURITY COUNCIL’S PERMANENT MEMBERS SHOULD ACT AS GUARDIANS FOR INTERNATIONAL PEACE, BOTH ISRAEL’S BARBARISM AND IRAN’S NUCLEAR AMBITIONS ARE A THREAT TO WORLD PEACE, ISRAEL: STOP WAR IN MIDDLE EAST, RUSSIA: STOP WAR IMMEDIATELY लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, कवि अर्जुन पराजुली, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम, मणीराम दाहाल, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा, आजीवन सदस्यहरु जयराम पुडासैनी, तुलसीराम भण्डारी, रेजीना राई, मन्दिर अमात्य, वुद्ध रिसाल, बाबुराम न्यौपाने, ईश्वरी नेपाल, राजकुमार श्रेष्ठ लगायत शान्तिवादीहरुको सहभागिता थियो ।

प्रदर्शन पश्चात संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।

पत्रमा एकातिर सवा तीन वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ भने अर्कोतिर २० महिनादेखि गाजामा इजरायली अत्याचार जारी रहेको जसका कारण बालबालिका, महिलाले समेत अकल्पनीय प्रताडना भोग्नुपरेको, युद्धका कारण अपुरणीय क्षति मात्र नभई मानवता निरन्तर पराजित भइरहेको र संयुक्त राष्ट्रसंघ लाचार मुकदर्शक भएको भान पर्न थालेको र यसै वर्ष १३ जुनबाट शुरु भएको इजरायल–इरान युद्ध लगायत विश्वका विभिन्न भागमा चलिरहेको युद्धका कारण मानव सभ्यता नै खतरामा पर्न थालेकोले विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

३ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

धादिङमा ६ जनाको शव फेला

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक