मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाले इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अमेरिकाले  इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकाले धेरै छुट र प्रोत्साहन दिएर इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई नागरिक ऊर्जा उत्पादन गर्ने आणविक कार्यक्रम निर्माणका लागि ३० अर्ब डलरसम्म  प्रदान गर्ने, प्रतिबन्धहरू हटाउने र इरानका प्रतिबन्धित बैंक खाताहरूमा रहेका अर्बौं डलर रिलिज गर्ने विषयमा छलफल गरेको सीएनएनले जनाएको छ ।

अमेरिकाको यो कदम इरानलाई वार्ताको टेबलमा फर्काउन तीव्र प्रयासको एक हिस्सा भएको यो विषयमा जानकार विभन्न स्रोतहरूले बताएको सीएनएनले जनाएको छ । अमेरिका र मध्यपूर्वका प्रमुख देशहरूले पछिल्लो दुई हप्तामा इरान र इजरायलमा सैन्य आक्रमण भइरहँदा पनि इरानीहरूसँग कुराकानी गरेको सीएनएनले बताएको छ ।

युद्धविराम सम्झौता भएपछि यो हप्ता पनि ती छलफलहरू जारी रहेको समाचारमा उल्लेख छ । ट्रम्प प्रशासनका अधिकारीहरूले धेरै प्रस्तावहरू अघि सारेको र ती प्रारम्भिक भएको र आवश्यक परे संसोधन गर्नसकिने जनाइएको छ । तर, इरानले युरेनियम सम्वर्द्धन पूर्णरूपमा बन्द गर्नुपर्ने एउटा गैरसम्झौतायोग्य अमेरिकी सर्त भनेको छ । तर, यो नागरिक उर्जाका लागि भएको भन्दै इरानले बारम्बार आफूलाई आवश्यक रहेको बताउँदै आएको छ । कम्तीमा एउटा प्रारम्भिक मस्यौदा प्रस्तावमा इरानका लागि धेरै सहुलियतहरू प्रस्ताव गरिएको समाचारमा उल्लेख छ ।

ती मस्यौदाहरू गत शुक्रबार अमेरिकी सैन्य आक्रमणको अघिल्लो दिन, ह्वाइट हाउसमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र खाडीका साझेदारहरूबीच भएको गोप्य घण्टौँ लामो बैठकमा तयार पारिएको जनाइएको छ । छलफल भइरहेका सर्तहरूमध्ये नागरिक ऊर्जा प्रयोजनका लागि प्रयोग हुने इरानको नयाँ आणविक कार्यक्रममा अनुमानित २० देखि ३० अर्ब डलरको लगानी रहेको जनाइएको छ । तर, एक अधिकारीले यो रकम प्रत्यक्षरूपमा अमेरिकाबाट नआउने र यो खर्च खाडीका साझेदारहरूले व्यहोर्ने अमेरिकाको चाहना रहेको जनाएका छन् ।

इरानको आणविक ऊर्जा सुविधामा लगानीको विषय हालैका महिनाहरूमा भएका आणविक वार्ताका अघिल्ला चरणहरूमा पनि छलफल भएको जनाइएको छ । “अमेरिका यी वार्ताहरूको नेतृत्व गर्न तयार छ,” ट्रम्प प्रशासनका एक अधिकारीले सीएनएनसँग भनेका छन् । इरानलाई दिइने अन्य छुट र प्रोत्साहनहरूमा इरानमाथिका केही प्रतिबन्धहरू हटाउने र तेहरानलाई हाल रोकिएका विदेशी बैंक खाताहरूमा रहेको ६ अर्ब डलर रिलिज गर्ने विषय समावेश रहेको जनाइएको छ ।

यसबाहेक खाडीमा अमेरिका समर्थित सहयोगीहरूले फोर्डो आणविक सुविधालाई नागरिक उर्जा कार्यक्रमले प्रतिस्थापन गर्न खर्च गर्ने प्रस्ताव रहेको जनाइएको छ । सीएनएन

यो पनि पढ्नुहोस्

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

५ मिनेट अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक