शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समृद्ध र विकसित नेपालको लागि उद्यमशिलता जरुरी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
समृद्ध र विकसित नेपालको लागि उद्यमशिलता जरुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर  । नेपालमै उद्यमी बनेर देश विकासको लागि तयारीमा रहन विद्यार्थी र युवालाई जोड दिइएको छ ।

मंगल बहुमुखी क्याम्पस, कीर्तिपुर नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा उद्यमशिलताबारे सकारात्मक सोच निर्माण गर्ने विषयको अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।

सकारात्मक सोचका अभियन्ता तथा होटलव्यवसायी कर्ण शाक्यले विदेशमा गएर डलर कमाउनुभन्दा स्वदेशमा रहेर देशको विकास गर्न उद्यमी बन्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

विश्वका धनी देशहरुमा गएर नारकीय जीवन जिउनुभन्दा असल नागरिक बनेर माता र मातृभूमिको विकास र समृद्धिमा लाग्नु सबैभन्दा उत्तम हो, भन्नुभयो ।

उहाँले स्वदेशमा रहेर लर्न एण्ड अर्नको व्यवस्थाको लागि उच्च शिक्षामा देशभक्ति, नागरिक शिक्षा र जीवनोपयोगी उद्यमशिल बनाउने पाठ्यपुस्तक र पाठ्यसामग्री निर्माण गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।

अमेरिका पत्ता लगाउनुभन्दा अघि संसारको सभ्य, सुसंस्कृत र विकसित नेपालबारे चर्चा गर्नुहुँदै नेपाली माटो सुहाउँदो शिक्षा अहिलेको आवश्यकता भएको सम्पदाप्रेमी शाक्यको भनाइ रहेको छ ।

अमेरिकालगायतका देशहरुमा गएर निम्तस्तरको रोजगारीमा जानुभन्दा स्वदेशमा केही बजेटको लगानीमा आफ्‌नै पौरखमा मालिक बनेर सम्मानजनक जीवनस्तर उकास्न सक्नै ताकत स्रोत र साधनमा धनी नेपाल र नेपालीमा मात्र सुरक्षित भएको औँल्याउनुभयो ।

त्यसको लागि सबैभन्दा पहिला, नकारात्मकताभित्र सकारात्मकता लुकेको हुने भएकाले आफ्‌नो दिमागलाई सही रुपमा प्रयोग गर्न जरुरी रहेको बताउनुभयो ।
मृत्य अवश्यभावी रहेकाले सम्पूर्ण नेपालीले चिन्ने गरी देश विकासमा एउटा ईंटा थपेर जानु सच्चा नेपालीको कर्तव्य भएको बताउनुभयो ।

यस्तै, कीर्तिपुर नगर उद्योग वाणिज्य संघका संयोजक राज्यलक्ष्मी शाक्यले उद्यमशिलताले व्यक्तित्व विकासमा टेवा पुग्ने भएकाले विदेशी सपनाभन्दा स्वदेशमा विपनामा सफल हुने धारणा राख्नुभयो ।

यस्तै, प्राडा. लक्ष्मीबहादुर महर्जनले सही बाटो देखाउने पथप्रर्दशकका कारण कुनै पनि व्यक्तिको विकास हुने बताउनुहुँदै मातृभूमिको विकास र समृद्धिमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

मंगल बहुमुखी क्याम्पसका प्रमुख प्रदिप महर्जनले देश, समुदाय र विद्यार्थीको आर्थिक समृद्धिको लागि सकारात्मक सोच र अभिमुखिकरण आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका शिक्षिका भावना महर्जनले नेपालमा रहेर उद्यमशिल बन्नको लागि विश्वविद्यालय अनुदान आयोगले उद्यमशिलतासम्बन्धी विशेष कार्यक्रम ल्याइसकेकाले विद्यार्थीहरुले मौकाको फाइदा उठाउनुपर्छ, भन्नुभयो ।

उहाँका अनुसार आयोगले पाँचलाख देखि ४० लाखसम्मको आर्थिक अनुदान दिने जानकारी दिनुहुँदै प्रस्ताव पेश गर्न आह्वना गर्नुभयो ।

अनुसन्धान व्यवस्थापन सेलका संयोजक उपेश महर्जनले सञ्चालन गर्नुभएको उक्त अभिमुखीकरणमा प्राडा शिवशरण महर्जन, प्राडा धर्मराज डंगोल, नेपाल उद्योग तथा व्यापार महासंघका सविन श्रेष्ठ, वरिष्ठ कन्सुलर मदन केसी, इन्जिनियर दुर्कमान महर्जन, क्याम्पस व्यवस्थापन समितिका सदस्य सन्तोष तिमल्सेना, मगंल माध्यामिक विद्यालयका सहप्रधानाध्यापक निलकण्ठ महर्जन, क्याम्पस सहायक प्रमुख रक्की महर्जनलगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

९ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक