काठमाडौं । टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ ।
रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई भइसकेको छ ।
प्रहरीले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । टिकटकर बस्नेतले बनाएका कतिपय भिडिओले उक्त कानुनको उल्लंघन भएको प्रहरीको जिकिर छ ।


