मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जलविद्युतमा टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
जलविद्युतमा टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी संक्रमित भएका तथ्याङ्क प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गरेका हुन्।

सांसद् पौडेलले हरेक दिन एक दुई जना डेङ्गी संक्रमित उपचारका लागि आउने गरेको र संक्रमण ७३ जिल्लामा फैलिसकेको जानकारी गराए। ‘२०८० मा देशभर झण्डै ५२ हजार भन्दा बढी डेङ्गी संक्रमण पुष्टि भइ २० जनाको मृत्यु समेत भएको थियो। २०७६।७७ मा महामारीकै रूप लिएको स्मरण गराउँदै पुनः महामारीको रुप लिन सक्ने सम्भावनालाई ध्यानमा राख्न माग गर्दछु,’ उनले भने।

सांसद् पौडेलले तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, टोल विकास समिति, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, स्थानीय क्लब लगायत आम नागरिक समेतको सहभागितामा डेङ्गी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन, जनस्वास्थ्य विभागद्वारा निगरानी र रोकथामका कार्यक्रम तीव्र बनाउन तथा संक्रमितलाई सहज र सरल रुपले उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

‘टेक एन्ड पे’ले हतोत्साही बनाउँछ

राष्ट्रियसभा सदस्य पौडेलले जलविद्युतमा दुईतिहाइभन्दा बढी निजी क्षेत्रको योगदान रहेको तथ्य प्रस्तुत गरेका छन्। ‘तर बजेटको बुँदा नम्बर २२७ मा उल्लेखित ‘रन अफ रिगर’ आयोजनाको ‘टेक एन्ड पे’ अवधारणा अनुरुप विद्युत खरीद सम्झौता गरिने प्रावधानले निजी क्षेत्रलाई निकै हतोत्साहित बनाएको छ । तसर्थ, तत्कालै सुधार्न माग गर्दछु,’ उनले भने।

उनले बहुदलीय व्यवस्था स्थापना हुनुभन्दा अगाडि करिब २७० मेगावाट मात्र विद्युत उत्पादन भएको स्मरण गरे। ‘तर, नेपाली कांग्रेसको उदार आर्थिक नीतिअनुसार तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यको पालामा निजी क्षेत्रलाई गरिएको प्रोत्साहनले अहिले दिनमा तीन हजार ६०२ मेगावाट विद्युत उत्पादन भएको छ । त्यसैले टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन,’ उनले भने। राष्ट्रियसभाको जेठ २३ गतेको बैठकमै सांसद् पौडेलले जलविद्युत आयोजनामा टेक एन्ड पे अवधारणा हटाउन माग गर्दै सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यो पनि पढ्नुहोस्

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

५ घण्टा अगाडि
अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

शिक्षक सरुवामा कडाइ

रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक